आगामी वर्षदेखि जलवायु अनुकूलन कार्यक्रम
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७८ शुक्रबार
जलवायु परिवर्तनको असरले अत्यन्तै जोखिमपूर्ण भूगोल रहेको नेपालले आगामी आर्थिक वर्षदेखि जलवायु अनुकूलनका कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गर्ने भएको छ । आगामी वर्षको बजेटमा सबै सरोकारवाला मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गर्ने तयारी सरकारले गरेको छ ।