मौरीपालन व्यवसायमा रमाउँदै सापकोटा
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७८ शुक्रबार
दाङका मौरीपालक कृषक भिमप्रसाद सापकोटा यतिबेला मौरी चराउन कपिलबस्तुका विभिन्न क्षेत्रमा पुग्नुहुन्छ । सापकोटा विगत २० वर्षदेखि मौरीपालन व्यवसायमा रमाउँदै आउनुभएको छ । विस बर्ष पहिले दुई घरबाट मौरीपालन शुरु गरेको सापकोटासँग अहिले १ सय ५० घार मौरी छन् । विगत १० वर्षदेखि कपिलबस्तु, नवलपरासी, रुपन्देहीको विभिन्न ठाँउमा मौरी चराउन लग्दैगरेको उहाँको भनाई छ ।