कृषि अनुदानको दुरुपयोग रोकिन्छ : मन्त्री भुसाल
गोरखापत्र अनलाइन ,
माघ २, २०७६ बिहीबार
कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताउनुभएको छ । धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उहाँले किसानले पाउने अनुदानको दुरुपयोग हुन नदिइने बताउनुभयो ।