बेपत्ता परिएका व्यक्तिको छानविनमा ढिलाइ भएको गुनासो
गोरखापत्र अनलाइन ,
पुष २४, २०७६ बिहीबार
बेपत्ता परिएका व्यक्तिका परिवारले बेपत्ता छानविन आयोगमा पदाधिकारी नहुँदा बेपत्ता परिवारले न्याय माग्न जाने अबस्था नभएको बताएका छन् ।
द्वन्द्वकालमा राज्यका तर्फबाट बेपत्ता पारिएका गोरखाका राजेन्द्र ढकालको सम्झनामा विहीबार राजधानीमा आयोजित कार्यक्रममा राजेन्द्रकी पत्नी विमला ढकालले बेपत्ता छानबिन आयोग पदाधिकारीविहीन हुँदा आफूहरू न्याय माग्न जाने ठाउँ पनि नभएको गुनासो गर्नुभयो ।