भाडा नतिर्नेलाई अब कारबाही
गोरखापत्र अनलाइन
माघ २६, २०७८ बुधबार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी दिनुुभएको छ । कतिपय संस्थाले लामो समयसम्म पनि भाडा नतिरेको बताउनुहुँदै मन्त्री रेग्मीले पैसा नतिर्ने, अटेर गरी बस्ने, जग्गाको दुरुपयोग गर्ने र अनियमित किसिमले अधिग्रहण गर्नेलाई कारबाही गरिने स्पष्ट पार्नुुभयो ।