दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ
रासस
माघ २६, २०७८ बुधबार
विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडौं ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न व्यक्तिलाई डर, धाक, धम्की र विभिन्न उच्च पदस्थ व्यक्तिको पहुँच देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।