विद्यालयसँगै मसानघाट, शव ल्याएपछि पठनपाठन प्रभावित
रासस
पुष १२, २०७६ शनिबार
चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ । दाह संस्कार भएको दिन विद्यालयमा पढ्न आउन विद्यार्थी डराउँछन् ।