छाउगोठको तथ्याङ्क ल्याउन प्रहरी परिचालन
गोरखापत्र अनलाइन ,
पुष १५, २०७६ मंगलवार
जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाका सबै स्थानीय तहमा रहेका प्रहरी चौकीलाई छाउगोठको तथ्याङ्क संकलन गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तहमा रहेका प्रहरी चौकी इन्चार्जलाई परिपत्र गर्दै आफ्नो कार्यक्षत्रमा रहेका सबै बस्तीमा पुगेर छाउगोठ कहाँ÷कति छन् एकिन तथ्याङ्क पठाउन निर्देशन गरेको हो ।