कृष्णदासको थुनछेक बहस सकिएन, सोमबार पनि बहस हुने
गोरखापत्र अनलाइन ,
पुष १३, २०७६ आईतवार
आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको आईतबार पनि थुनछेक बहस नसकिएकाले सोमबार फेरि थुनछेक बहस जारी रहने भएको छ । सुनसरी जिल्ला अदालत इनरुवामा कृष्णदास गिरीको पक्षबाट तीनजना र सरकारी वकिलका तर्फबाट छजना तथा पीडित जाहेरबालाको तर्फबाट दुई जना गरि ११ जनाको बहस आईतबार सकेको छ । बाँकी तीनजनाको बहस नसकिएकाले सोमबार फेरि थुनछेक बहस हुने भएको हो ।