नलगाड प्रभावितको प्रश्न - हाम्रो अपनत्व खोई ?
गोरखापत्र अनलाइन ,
मंसिर ८, २०७६ आईतवार
जाजरकोट जिल्लामा आयोजना स्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सरकारले छिट्टै निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ । आयोजना राष्ट्रिय महत्वमा समावेश छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनामा सहयोग उपलब्ध गराउन जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरिसकेको छ । सो आयोजनामा लगानीका लागि जापानी व्यवसायी एवम् जाइकाले समेत इच्छा व्यक्त गरेको छ ।