दोस्रो चौमासिकमा ६६ प्रतिशत काम नसक्ने विभागीय प्रमुख अयोग्य: सञ्चारमन्त्री
गोरखापत्र अनलाइन ,
मंसिर ८, २०७६ आईतवार
सरकारले अब मातहतका निकायलाई लिखित रुपमा निर्देशन दिने र जवाफ पनि लिखितमै माग्ने भएको छ । कर्मचारी प्रशासनलाई क्रियाशील बनाउँदै लक्ष्यानुसारको वित्तीय प्रगति हासिल गर्न सरकारले मासिक रुपमै लिखित निर्देशन दिँदै कार्यक्रम कार्यान्वयनको अवस्था पनि लिखितमै माग्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभएको छ ।