झक्कुप्रसाद सुवेदीलाई हृदयाघात, शल्यक्रिया सम्पन्न
गोरखापत्र अनलाइन ,
कार्तिक १८, २०७६ सोमबार
नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयाघात भएको छ । विहान दाङ जने क्रममा थानकोटमा बेहोस भए पछि उहाँलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको र चिकित्सकले शल्यक्रिय सम्पन्न गरी आइसीयूमा उपचार गरीरहेकाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।