नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सामूहिक प्रयासको खाँचो
गोरखापत्र अनलाइन ,
कार्तिक १७, २०७६ आईतवार
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले मुलुकमा हाल कायम रहेको ऊर्जा गरिबी अन्त्य गरी ऊर्जा सुशासन कायम गर्न नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित उच्चस्तरीय गोलमेच छलफल कार्यक्रममा उहाँले अबको भविष्य नवीकरणीय ऊर्जाको भएकाले हाल खनिज ऊर्जाका लागि दिइँदै आएको अनुदानलाई घटाएर स्वच्छ ऊर्जामा...