logo
२०८१ मंसिर १० सोमवार



महरा विरुद्धको थुनछेक बहस सकिएन, मुद्दा हेर्दा हेर्दैमा

खुला |


महरा विरुद्धको थुनछेक बहस सकिएन, मुद्दा हेर्दा हेर्दैमा


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १७ गते । पूर्व सभामुख कृष्णबहादुर महरा विरुद्ध संसद सचिवायलकी एक महिला माथि हिंसा भएको विषयमा थुनछेक बहस आज नसकिएकाले हेर्दा हेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतमा शूरु भएको थुन छेक बहसमा सरकारी वकिलका तर्फबाच चार जना कानुनव्यबसायीले बहस गर्नु भएको थियो भने महराका तर्फबाट दुई जनाले मात्र बहस गर्न भ्याउनुभयो ।
सो बहसमा सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक जिल्ला न्यायाधिवक्ता सृजना ढकालले बहस गर्नुभयो ।
महाराका तर्फबाट बहस गर्न आइतबार अदालत बन्द हुनु अघिसम्म करीब ३० जना कानुन व्यबसायीले नाम लेखाएकाले बहस सोमबार पनि जारी रहन सक्ने देखिएको अदालत स्रोतले बतायो ।
त्यस्तै महराका तर्फबाट रमण श्रेष्ठ, सबिता भण्डारी बराल, कृष्णप्रसाद सापकोटा शेरबहादुर केसी, लबप्रसाद मैनाली, मुरारी सापकोटा लगायतका कानुन व्यबसायीले बहसका लागि नामा लेखाउनु भएको छ ।

याे पनि पढ्नुहाेस्

महरा विरुद्धको मुद्दामा थुनछेक बहस जारी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?