अझै अन्धकारमा चितवनको पुरानो सदरमुकाम
रासस
आश्विन ३०, २०७६ बिहीबार
चितवन देशकै सुगम जिल्लाको रूपमा परिचित छ । तर यही जिल्लाका बासिन्दा पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । चितवनको पुरानो सदरमुकाम एवं ऐतिहासिक किल्ला उपरदाङगढीमा अझै बिजुली पुगेको छैन । हालको सदरमुकाम भरतपुरबाट करीब २५ किलोमिटरको दूरीमा रहेको इच्छाकामना गाउँपालिका–७ मा पर्ने उपरदाङगढीका नागरिक वर्षौदेखि टुकी र सोलार बाल्न बाध्य छन् ।