लमजुङको स्याँगेमा पहिरो, जिप पुरियो मनाङ जाने सडक अवरुद्ध
गोरखापत्र अनलाइन ,
आश्विन १२, २०७६ आईतवार
लमजुङको मस्र्याङदी गाउँपालिका ४ स्याँगेमा पहिरो जाँदा हिमाली जिल्ला मनाङ जाने सडक अवरुद्ध भएको छ ।
स्याँगेको घुम्तिमा शनिबार बेलुका पहिरो जाँदा एउटा स्करपियो जीपमा क्षति पुगेको छ । काठमाडौंबाट बेंसीसहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बर स्करपियो जीप पहिरोमा परेको हो । जीपमा चालकसहित ५ जना रहेको र उनीहरु पहिरोबाट जोगिएको प्रहरीले बताएको छ