विप्लव समूहले लुकाएको ठूलो परिमाणको विष्फोटक बरामद
गोरखापत्र अनलाइन ,
आश्विन १३, २०७६ सोमबार
विप्लव समूहले खाल्डो खनेर लुकाएको अवस्थामा प्रहरीले आइतवार राती ठुलो परिमाणमा विष्फोटजन्य पदार्थ फेला पारेको छ । झापाको अर्जुनधारा नगरपालिकामा एक किसानको खेतमा चियाखेतीमा लगाउने बिषादी भन्दै गाडेको चिज विस्फोटक पदार्थ तथा शक्तिशाली बम बनाउन प्रयोग गर्ने सामाग्रमी भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दीनेशराज मैनालीले बताउनुभयो