महाकालीमा पुल छैन, डुङ्गामा जोखिम बढी, भाडा मंहगो
गोरखापत्र अनलाइन ,
आश्विन १३, २०७६ सोमबार
महाकालीको भेल उर्लेर बगेको छ । नदी तर्न पुल छैन । नदी वारपार गर्दा डुङ्गा हुत्तिएर जान्छ । महाकालीको बहामा डुङ्गाबाट पार गर्दा जति बढी खतरा छ, त्यति नै बढी महङ्गो भाडा तिर्नु पर्छ । डुङ्गा तर्दा न लाईफ ज्याकेट छ न त कुनै सुरक्षाको प्रबन्ध । यो बैतडीको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका वासीन्दाले सदिऔंदेखि भोग्दै आएको पीडा हो