डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी’
रासस
आश्विन ३, २०७६ शुक्रबार
हिमाल, पहाड र तराई भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेङ्गु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ । सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको व्यवस्थापन गर्ने निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।