रोजगार विभाग क्षतिपूर्ति भराउन सफल , एक महिनामा सवा दुई करोड रूपियाँ पीडितलाई
गोरखापत्र अनलाइन ,
आश्विन २, २०७६ बिहीबार
वैदेशिक रोजगार विभागले पछिल्लो एक महिनामा दुई करोड १४ लाख रुपियाँ बराबरको रकम पीडितलाई क्षतिपूर्ति भराउन सफल भएको छ । विभागले पछिल्लो महिना भदौमा मात्रै पीडितलाई त्यो बराबरको क्षतिपूर्तिबापतको रकम भराउन सफल भएको हो । जबकी आर्थिक वर्ष २०७५/७६ मा म्यानपावर विरुद्धका ४२९ मुद्दामा विभागले पीडितलाई नौ करोड ५९ लाख रुपियाँ क्षतिपूर्ति भराएको थियो ।