अब दशैँ मान्न ऋण काढ्नु पर्दैन
गोरखापत्र अनलाइन ,
भाद्र २९, २०७६ आईतवार
चार वर्षअघिसम्म आफ्नो कमाईले बिहान–बेलुका छाक टार्न पनि धौ–धौ पर्ने दूधौली नगरपालिका–११ धनसरी निवासी बुर्जबहादुर बुढाथोकी जीवनस्तर यतिखेर सुधारिएको छ । सहजै दैनिक गुजारा गर्दै वार्षिक ५० हजार रुपियाँसम्मको बचत हुन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘यस वर्ष दसैँ मनाउनका लागि कसैसँग ऋण गर्नु पर्दैन । आफ्नो आवश्यकता पूरा गर्न प्रशस्त जोहो गरेको छु ।’