कस्मेटिक सामग्रीको गुणस्तरप्रति सचेत हुन आग्रह
गोरखापत्र अनलाइन
भाद्र ३०, २०७६ सोमबार
पछिल्लो समय फष्टाउँदै गएको सौन्दर्य प्रसाधन सामाग्री (कस्मेटिक) को बजारसँगै यस्ता सामग्रीको गुणस्तरप्रति सचेत हुन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
नेपाल कस्मेटिक व्यवसायी संघले राजधानीमा आयोजना गरेको ‘‘कस्मेटिक व्यवसायका समस्या, सम्भावना र चुनौति’’ विषयक अन्तरक्रिया कार्यक्रममा समयको मागसँगै भित्रिएका विभिन्न किसिमका सौन्दर्य सामाग्रीको गुणस्तरप्रति सजग रहनपर्नेु आवश्यकता औंल्याएका हुन् ।