‘छैन थोपा पानी वितरण, ३० लाख रुपियाँ चियाको विवरण’
गोरखापत्र अनलाइन ,
भाद्र २९, २०७६ आईतवार
जिल्लाको मेलौली नगरपालिकाका नगरबासीले खानयोग्य पानी पाएका छैनन् तर जनप्रतिनिधिले चियामा मात्रै ३० लाख रुपियाँ खर्च गरेका छन् ।
नगरबासीले खानेपानीको ट्याङ्कर किनेर पानी आपूर्ति गर्न माग गरे पनि नगरपालिकाले ट्याङ्कर नकिनेर जनप्रतिनिधि चढ्ने थप गाडी किन्ने निर्णय गरेपछि नगरबासी आक्रोशित बनेका छन् ।