लमजुङलाई केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प
लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
भैरव र गणेश ओझेलमा
इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र भन्नेसम्म भाव हुने नेवार समुदायका मानिस बताउँछन् । रथयात्रा गर्ने क्रममा पहिलो र दोस्रो रथ गणेश र भैरवको हुन्छ भने अन्तिममा कुमारीको रथयात्रा हुन्छ । अवकाश नपाएसम्म भैरव र गणेश पनि कुमारीसरह बस्ने गर्छन् । कुमारी र भैरव÷गणेशमा एउटा मात्रै फरक रहेको...
पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उहाँकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
कर बक्यौता राख्नेको घरजग्गा गुम्दै
३८ वर्षअघि बन्द भएकोे हिमालय बिँडी उद्योगले अन्तःशुल्कबापत बुझाउनुपर्ने रकम एक लाख ६५ हजार रुपियाँ थियो । उद्योग बन्द भयो, करबापत बुझाउनुपर्ने रकम बक्यौताको रूपमा रह्यो ।
दार्चुला केन्द्रबिन्दु भएर ४.४ रिक्टर स्केल भूकम्पकाे धक्का
दार्चुला केन्द्रबिन्दु भएर सोमवार साँझ ८:१९ बजे ४.४ रेक्कर स्केलको भूकम्प जाँदा बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।