व्यापार सुक्यो, दुर्घटना बढ्यो तर बनेन बौद्ध–जोरपाटी सडक
गोरखापत्र अनलाइन ,
भाद्र २६, २०७६ बिहीबार
विष्णु चोलागाईंले बौध्द क्षेत्रमा कपडा पसल गर्दै आएको आठ वर्ष भयो । विगतमा राम्रै व्यापार चल्थ्यो अहिले व्यापार घटेको छ ।
बौद्ध क्षेत्रमा उहाँको मात्र होइन अरु धेरैको व्यापार घटेको छ । यसको मुख्य कारण यस क्षेत्रको सडक हो । बौद्ध क्षेत्रमा वर्षामा सडक हिलाम्मे हुन्छ भने घाम लागे धुल्याम्य हुन्छ ।
चौलागाईंले पसलको भाडा ४० हजार र बत्तिको १६ हजार तिर्नु पर्छ । उहाँको पसल बाटोको साम्मुने नै छ । सडकको दुराबस्थाको असर...