मापदण्डविपरीत सडक बनाउँदा बस्ती जोखिममा, स्थानीयवासी चिन्तित
रासस
फाल्गुन २६, २०७८ बिहीबार
स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ । कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन् । यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएका छन् ।
यिनै सडकका कारण वर्षामा पहिरो गएर कयौं घर भत्की दर्जनौं परिवार विस्थापित पनि भएका छन् । सम्भाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधानलाई लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर...