प्रजिअ परियारको निर्देशन कार्यान्वयन भएपछि सेवाग्राही खुशी
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७८ बिहीबार
जिल्लामा सरुवा भएर आएलगत्तै प्रमुख जिल्ला अधिकारी सीता परियारले कार्यालय प्रमुखलाई दिएको निर्देशन कार्यान्वयन हुने क्रम शुरु भएको छ । कार्यालय प्रमुखले आफूखुसी जिल्ला छोड्ने, सूचना तथा जानकारी दिने कार्यमा समस्या आएको आफैंले अनुभव बटुलेपछि कार्यालय प्रमुखसँग बैठक गरेर त्यसो नगर्न उहाँले यसअघि निर्देशन दिनुभएको थियो ।