राजेन्द्र मानन्धर
जननेता स्व. मदन भण्डारीले अमेरिकाको न्युजविकमा दिएको अन्तर्वार्ता २७ मे १९९१ मा प्रकाशित भएपछि त्यो सर्वकालीन चर्चामा रह्यो । जब नेपालको कम्युनिस्ट आन्दोलनमा महŒवपूर्ण विकासक्रमबारे चर्चा हुन्छ, मदनको उक्त अन्तर्वार्ता स्मरण हुन्छ ।
विश्व राजनीतिक परिदृश्यमा वामपन्थी विचार छायाँमा परेको त्यो समयमा “नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन्” शीर्षकमा दिइएको अन्तर्वार्ताले विश्वभरका वामपन्थीलाई ऊर्जा थपेको थियो । नेपाली राजनेताको त्यो दृष्टिकोणले माक्र्सवादी विचार कार्यान्वयनको पुनः उदयका लागि संसारलाई निर्देशित गरेको थियो । नेपालमा दुईतिहाइ नजिकको वामपन्थी सरकारको बाटो जननेताको नवीन विचार– जनताको बहुदलीय जनवाद (जबज) नै थियो । जबजले नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक रूपान्तरणमात्र गरेन, विश्व कम्युनिस्ट आन्दोलनलाई दिशानिर्देशसमेत ग¥यो ।
केही समययताको नेपाली राजनीतिमा जननेता मदन भण्डारीपछि लिनुपर्ने अर्को जननेतामा प्रधानमन्त्री केपी शर्मा ओली दरिनुभएको छ । माक्र्सवादको घरेलु सिर्जनात्मक प्रयोग जबज थियो भने त्यो जबजको कार्यान्वयनको नेतृत्व ओलीले लिनुभयो । उहाँका पछिल्ला सम्बोधन र अन्तर्वार्ता चर्चाको सूचीमा पर्छन्, किनकि ती अन्तर्वार्ता सारवस्तुका दृष्टिकोणमा अत्यन्तै सबल छन् ।
भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र वैचारिक सवालमा प्रधानमन्त्री ओलीको स्पष्ट, उच्चस्तरको बौद्धिकताले अन्य नेताको कदलाई होचो बनाइदिन्छ । उहाँ औसत राजनीतिज्ञभन्दा उपल्लो स्तरको नेता हुनुहुन्छ । देश विकासको योजना र दृष्टिकोणमा उहाँ धेरै अगाडि हुनुहुन्छ । उहाँको पहिलो प्रधानमन्त्रीत्वकालले जुन इतिहास निर्माण ग¥यो, दोस्रो कार्यकालमा त्यस्तै इतिहास निर्माण भएका छन् ।
सन् २०२१ जनवरी ११ मा भारतीय सञ्चारमाध्यमबाट हिन्दी र अङ्ग्रेजी भाषामा प्रसारित प्रधानमन्त्री ओलीको अन्तर्वार्ताले प्रशंसा पाएको छ । पछिल्ला दिनमा नेपाली सञ्चारमाध्यमहरूले सबैभन्दा बढी साभार गरिएका सामग्रीमध्ये भारतीय सञ्चारमाध्यममा प्रसारित ती अन्तर्वार्ता छन् । ती अन्तर्वार्ता युवापङ्तिले रुचाइएकामध्येमा पनि परेका छन् । खासमा ती पछिल्ला अन्तर्वार्तामा नेपालको भाष्य नै बोलेको छ । जब प्रधानमन्त्री ओली बोल्नुहुन्छ, वास्तवमै देश बोल्छ । अन्तर्वार्तामा नेपाली स्वार्थको उपयुक्त र सही नेतृत्व भएको छ ।
सरकारविरुद्ध आगो ओकल्नेहरू पनि उक्त अन्तर्वार्ता र पछिल्ला सम्बोधनले प्रधानमन्त्री ओलीप्रति मोहित भएका छन् । सामाजिक सञ्जालहरूमा सधैँ ओलीलाई सत्तोसराप गर्नेहरू अब भने उहाँको पक्षमा अरू पनि उभिने भए भनेर तनावमा देखिन्छन् । तनाव मान्नु एउटा हो र सामथ्र्यको विकास गर्नु अर्को हो । सामथ्र्यले समर्थन प्राप्त हुन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियामात्रै होइन, एसियाकै बौद्धिक र अध्यात्ममा धेरै ज्ञान भएका नेतामा गनिने ठानिन्छ । तर, भारतीय चलाख पत्रकार सुधीर चौधरीसितको अन्तर्वार्ता प्रसारित भएपछि मोदीमा भन्दा ओलीको बौद्धिक क्षमता अब्बल भएको टिप्पणीहरू बाहिर आइरहेका छन् । प्रधानमन्त्री ओली र मोदीको तुलना आवश्यक छैन तर हरेक विषयको ज्ञानका दृष्टिकोणमा ओली निकै अगाडि हुनुहुन्छ ।
साउथ र नर्थब्लक अर्थात्् दिल्ली दरबारलाई टक्कर दिइएको उक्त अन्तर्वार्ताले प्रधानमन्त्री मोदीलाई नै दोहो¥याइ–तेह¥याइ सुन्न बाध्य पा¥यो । शक्ति र क्षमताका हिसाबले संसारका केही चर्चित नेताहरूमध्ये मोदी पर्नुहुन्छ भने अब नेपाली प्रधानमन्त्री ओली पनि पर्नुभएको विश्लेषण हुन थालेको छ । अभिव्यक्तिका सिलसिला, उठान गरिएका विषयवस्तु र दिन खोजिएको सन्देशमा प्रधानमन्त्रीको राजनीतिक बौद्धिकता प्रदर्शित भएको छ । राजनीतिक दृष्टिकोण र आफूले गरिरहेका र गर्न खोजेका सन्दर्भका औचित्य प्रमाणित गर्न उहाँ सधैँ सक्षम र सफल हुनुहुन्छ ।
प्रधानमन्त्रीले उठाउनुभएका विषय र कदम सबैलाई मन नपर्न सक्छ । तिरस्कारमात्रै होइन, विरोध र प्रतिकार पनि गर्न सकिन्छ । तर, उहाँका तार्किक अडान र अब्बल व्यक्तित्वलाई भने विरोधी खेमाले पनि स्वीकार्न सक्नुपर्छ, जुन नेपाली राष्ट्रिय स्वाभिमान र क्षमता प्रवद्र्धनहेतु छन् ।
विदेशी मिडिया आएर प्रधानमन्त्रीको अन्तर्वार्ता खोज्नु अन्यथा होइन । प्रधानमन्त्रीले पनि विदेशी मिडियालाई अन्तर्वार्ता दिनु कुनै उपद्रो होइन । ती सञ्चारमाध्यमले उठान गरेका हरेक विषयवस्तुमा लामो अध्ययन गरेर प्रधानमन्त्रीले अन्तर्वार्ता दिने, नदिने भन्ने निर्णय लिने कुरा पनि भएन । बरु प्रधानमन्त्रीले सोझै कुरा गर्दा पनि लामो अध्ययन, विश्लेषण गरेर बोलेभन्दा कम प्रभावकारी भएन । केही विश्लेषकहरूले विवादास्पद मिडियालाई प्रधानमन्त्रीले अन्तर्वार्ता दिनुहुन्नथ्यो भन्नु पनि तर्कसड्ढत छैन । किनकि संसारका हरमिडिया सम्बन्धित देशका कानुनअनुसार सञ्चालित हुन्छन् । विवादास्पद यतिबेलामात्र आरोपित गर्न सकिन्छ ताकि त्यो मिडिया नेपाली कानुनको उल्लङ्घन गरोस् ।
कतिपयले प्रधानमन्त्रीको त्यो अन्तर्वार्ता उच्चस्तरको भएकाले छायाँमा पार्न सगरमाथातिर मोडिएको हो भन्छन् । कार्यक्रम प्रस्तोता सुधीर चौधरीले सगरमाथा नाप्ने वास्तविक काम भारतीय सिकन्दरले गरेको भनेर सम्झाउन खोजेको पक्कै हो । त्यसबेलाका सर्वे प्रमुख बेलायती जर्ज एभरेष्ट जोडिएर माउन्ट एभरेष्ट नाम किन रहेको होला भनेर उनको रिपोर्टले प्रश्न उब्जाएको छ । काम गर्ने व्यक्ति भारतीय गणितज्ञ राधानाथ सिकन्दरको नाम हुनुपर्ने तर्क रिपोर्टको सार हो । त्यसैले प्रधानमन्त्रीको अन्तर्वार्तालार्ई सगरमाथासम्बन्धी रिपोर्टसँग जोडेर प्रचार हुनु मिथ्या प्रचारसिवाय केही हुन सक्दैन ।
चीनसँग जोडिएको सगरमाथामाथि कसैले धावा बोल्न सक्दैन । भारतसँग सगरमाथा कुनै पनि दृष्टिले जोडिँदैन । केही हिमालहरू पहिचानका निम्ति जसले काम गरे उसैका नाम राखिने चलन पहिले–पहिले रहेछ । कुनै एक मिडियाले यसो हुँदा कसो हुन्छ भनेर गरिएको तर्कलाई उराल्नु प्रतिस्पर्धी मिडियाभित्रको रोइलोजस्तै हो । र, प्रधानमन्त्री ओलीको अन्तर्वार्तालाई अन्यथा मोड्ने प्रयासमात्रै हो । मिडिया कन्टेन्ट (सामग्री)हरूबाट राष्ट्रियता, अखण्डता र स्वाधीनतामाथि प्रहार हुन्छ भने आपत्ति प्रकट गर्नु, स्पष्टियोक्ति गर्नु हरेक देश र नागरिकको पहिलो कर्तव्य हो । त्यसका लागि प्रधानमन्त्री ओलीका दुई अन्तर्वार्ता पर्याप्त छन् । केही मिडियाका सामग्रीका आधारमा विवादास्पदको दाग लगाउने हो भने त्यस्ता मिडियाका सूची नेपालभित्र नबन्लान् र ?
राष्ट्रियता, स्वाधीनता र नेपाली भूमि रक्षाका सवालमा पुर्खाहरू खुँडा, खुकुरी र सानातिना हतियार लिएर पनि लडे, वर्तमान प्रधानमन्त्री ओली भने बौद्धिक हतियारले लड्दै हुनुहुन्छ । ठूला देशको ठूला कुरालाई ओलीको बौद्धिकताको धारिलो हतियारले ठेगान लगाउन सक्नु आमनेपालीको जित नै हो । त्यसैले सर्वाधिक चर्चामा रहेको त्यो अन्तर्वार्ता बुलन्द छ, अन्तर्राष्ट्रिय जगत्मा नेपालीको शिर ठाडो बनाएको छ र नेपालीको शान बढेको छ । विचार अलग होस्, पार्टी अलग होस्, फरक परेन तर अन्तर्वार्ताका अभिव्यक्तिमा प्रधानमन्त्री ओलीको उच्च प्रशंसा गर्नुपर्छ ।
(लेखक सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रेसविज्ञ हुनुहुन्छ ।)