डा.प्रकाश बुढाथोकी
को भिड १९ महामारीको सङ्कटमा अधिकांश व्यक्ति घरमै सीमित रहँदा, मान्छे मान्छेसँग डराउने, झस्कने अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकाबमोजिम हामी फोन तथा भिडियो कलमार्फत धेरैलाई सेवा प्रदान ग¥यौँ भने आकस्मिक उपचार जोखिम मोलेर बिरामीको सेवामा लाग्यौँ । हाल नेपालमा तीनहजार छसय ६३ जना दन्त चिकित्सक तथा छ सय १६ विशेषज्ञ दन्त चिकित्सक छन् । डेण्टल असिस्टेन्ट दोस्रो एकहजार चारसय १४ र तेस्रो सातसय ८७ छन् । जसमा सरकारी सेवामा सात दर्जन पनि छैनन् । उपत्यकामा दन्तचिकित्सक र जनसङ्ख्याको अनुपात नौहजार र बाहिर ५६ हजार रहेको देखिन्छ ।
कोरोना विशेष अस्पताल तोकिए तर दाँतका बिरामीलाई तोकिएन । दन्त चिकित्सकहरू सचेत भएकाले तथा सरकारले सरकारी अस्पतालमा नतोकेकाले ती बन्द रहँदा अर्ध दक्ष र अदक्षद्वारा खोलिएका क्लिनिक खुलिरहे र सेवा तथा उपचार दिइरहँदा सङ्क्रमण स्रोत भए नभएको यकिन पनि भएन । तिनको आजसम्म पीसीआर परीक्षण पनि भएको छैन ।
जोखिम
अधिकांश समस्या सामान्य औषधीले निको हँुदैनन् । डेन्टल चेयरमा राखेर एकदमै नजिकबाट परीक्षण र उपचार आवश्यक हुन्छ । भौतिक दुरी त कायम गर्न सकिँदैन नै, त्यसैमा बिरामीलाई मास्क लगाएर उपचार गर्न पनि सकिँदैन । तसर्थ बिरामीको मुख तथा घाँटीमा भएको भाइरस सङ्क्रमण मसिना नदेखिने कणको माध्यमबाट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हुनसक्छ । त्यसैमा उपचारमा प्रयोग गरिने हेन्डपीसबाट एरोसोल उत्पादन हुन्छ, ¥यालग्रन्थी तथा ¥यालबाट भाइरस सर्नसक्छ । तसर्थ विश्व स्वास्थ्य सङ्गठन लगायत विभिन्न खोजले दन्त उपचारलाई उच्च जोखिममा राखेको हो ।
मुखको उपचारमा नियमित हावाबाट चल्ने सामान र उपकरणहरूको प्रयोग गरिरहनपर्ने भएकाले हावाका फोकाहरू निरन्तर उत्पादन हुन्छन् । त्यसैले युरोप, अमेरिका तथा अफ्रिकामा लामो समय दन्त सेवा बन्द नै रहे । ‘रिओपन डेन्टिष्ट्री’ भन्ने मूल मुद्दासहित विभिन्न निर्देशिका बने । नेपालले पनि निर्देशिका तयार पारी मुख स्वास्थ्य शाखा, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा कार्यान्वयनमा छ ।
¥यालग्रन्थी कोरोना भाइरसको भण्डार हुने भएकाले केही देशमा कोरोना परीक्षण गर्न ¥याल प्रयोग भइरहेको छ । ¥याल ग्रन्थीमा शुषुस्त अवस्थामा रहेका भाइरस कोरोना सङ्क्रमण फैलन नदिन दक्ष जनशक्तिबाट बेलैमा दाँत तथा मुखका रोगहरूको निदान र उपचार
आवश्यक छ ।
आकस्मिक अवस्था
१. सहनै नसकिने गरेर दाँत दुखेमा–दुखाई कम गर्ने औषधी खाँदा पनि ।
२. अत्यधिक मात्रामा रक्तश्राव भएमा
वा नरोकिएमा ।
३. दुर्घटना वा अन्य कारणले दाँत भाँचिएमा
वा झरेमा ।
४. सङ्क्रमण वा चोटपटकको कारणले गर्दा अनुहार, गालावा घाँटी वरिपरि सुन्निएर थुक निल्न वा श्वास फेर्न गाह्रो भएमा ।
५. विभिन्न कारणले गर्दा मुखको हड्डी भाँचिएमा वा पूरै मुख बन्द भएमा छिटो नजिकैको अस्पताल वा क्लिनिकमा गएर चिकित्सकसँग सल्लाह र उचित उपचार लिनुपर्छ ।
कोरोना भाइरस महामारीका सन्दर्भमा सबैभन्दा जोखिमयुक्त पेसा दन्त सेवा हो । त्यसो हँुदाहँुदै पनि दैनिक तथा नियमित दन्त सेवाहरू लामो समय बन्द गरिँदा दाँतका समस्याले थप जटिलता निम्त्याइरहेका छन् । एकातिर मुखका अङ्ग–प्रत्यङ्ग र दाँतमा देखिने समस्या वा रोगहरू मुखसँगै मात्र सम्बन्धित हुन सक्छन् भने अर्कोतिर शरीरका अङ्ग–प्रत्यङ्ग वा प्रणालीसँग सम्बन्धित समस्या वा रोगहरूको प्रतिविम्ब मुखका अङ्ग–प्रत्यङ्गमा देखिएको हुनसक्छ । त्यही भएर नै मुखलाई शरीरको ऐना भन्ने गरिन्छ । समयमै ध्यान नदिँदा दाँत तथा मुखका सामान्य रोग तथा समस्याले पनि धेरै जटिलता उत्पन्न गरी अङ्गभङ्ग हुनुका साथै मुत्युवरण गर्नुपर्ने पनि हुनसक्छ ।
जति समय ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि पर्न जान्छ । जस्तै, दाँत कीराले खाने, दन्त हर्षा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस सङ्क्रमण हुन गई पछि गएर खाद्य नली र सास फेर्ने नली थिचिन पुगेर सास फेर्न नसकी मान्छे मर्न सकिन्छ । मुखको समस्याको उचित निदान र उपचारले शरीरका अन्य प्रणालीका रोग, स्वास्थ्यलाई समेत निदान, निराकरण र उपचार हुने गर्छ ।
असर
कोभिड १९ को त्रासका कारण डेन्टल उपचारका लागि जाने बिरामीको सङ्ख्या ह्वात्तै घटेको छ । त्यसैमा कस्मेटिक दन्त उपचार शून्यप्राय ः छ । लकडाउनका बेला गरिएको एक सर्वेक्षणमा करिब ७० प्रतिशत दन्त चिकित्सकले कोरोना महामारीका कारण तलब नपाएको वा दिन नसकेको लगायत आर्थिक भार तथा सङ्कट व्यहोरिरहेको देखिन्छ । उपचारको माध्यम पनि फोनबाटै ६० प्रतिशतले अपनाएका थिए । निर्देशिका तथा मापदण्डअनुसार सङ्क्रमण नियन्त्रणका लागि संस्थाको परिमार्जन तथा सुरक्षा सामग्रीको प्रबन्धले लागत खर्च बढेको थियो । उपचार सामग्रीको मूल्यवृद्धि भएको छ । सेवाग्राहीको आयस्रोतमा समेत गिरावट भएकाले सरकारबाट विशेष राहत प्याकेज ल्याई सम्बोधन गरिन जरुरी छ ।
बचावट
आम्नेसामुन्ने कुरा, ¥याल, रगत र अन्य शरीरका जीवरस तथा धारिला उपकरणको प्रयोगले कोभिड १९ को उच्च जोखिममा दन्त स्वास्थ्यकर्मी हरसमय छन् । उपचार गर्न परेमा मास्क, एप्रोन, गाउन, गगल्स, फेस सिल्ड, जुत्ता कभर वा गम्बुट, डिस्पोजेवल पञ्जा र सर्जिकल पञ्जा लगाउनैपर्छ । उपचारका क्रममा रबर ड्याम प्रयोग गर्दा सम्पर्क, साना थोपा र शरीरका रसहरूसँग सम्पर्क रहँदैन । एन्टिरिट्रयाक्सन हयाण्डपीस, क्लिनिकको ०.१ प्रतिशत सोडियम हाईपोक्लोराइट, ०.५ प्रतिशत हाइड्रोजन पेरोअक्साइड वा ६२ देखि ७१ प्रतिशत इथानोलले डिस्इन्फेक्सन गर्नुपर्छ । चिकित्साजन्य फोहोरको व्यवस्थापन पुनःउपचार गरी बायो हजार्डको रूपमा पनि व्यवस्थापन गर्न जरुरी छ ।
नेपाल सरकारले बनाएका मापदण्ड तथा निर्देशिकाहरू पूर्ण पालना गर्दै अघि बढ्नुको विकल्प छैन । उपचारमा प्रयोग हुने सामान तथा उपकरणहरूको निसङ्क्रमणीकरण तथा निर्मलीकरण, कार्यस्थल तथा अस्पताल परिसरको सरसफाइलाई नियमित र उचित तरिका अपनाइ सङ्क्रमणको सम्भावना न्यूनीकरण गर्दै जानुपर्छ । लगानीलाई ध्यान दिंदै तथा बिरामीलाई आर्थिक भार कम पर्ने गरी सेवा नियमित राख्नुपर्छ । महामारीले चुनौती थुप्रै तेर्साए पनि अवसरका ढोका पनि प्रशस्त खोलेको छ । á
(लेखक नेपाल चिकित्सक सङ्घका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)