logo
२०८१ माघ ६ आईतवार



पर्यटन प्रवद्र्धनमा हवाई सेवा विस्तार

विचार/दृष्टिकोण |




हरिगोपाल प्रधान

सन् २०२० मा ‘भिजिट नेपाल वर्ष’ मनाइरहेको बेला नेपालमा पर्यटन व्यवसायले थोरै भए पनि गति लिन थालेको थियो । यसैबीच कोभिड–१९ को महामारी देखाप¥यो र फेरि पर्यटन व्यवसाय थलापरेको छ ।
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभइ नहुने एउटा माध्यम पर्यटन पनि हो र पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातविना पर्यटन विकासको कल्पनै गर्न सकि“दैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी क्षेत्रमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता क्षेत्रमा यातायातका स्थलसाधन विकट पहाडी क्षेत्रमा पु-याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक पर्छ । तर, हवाई साधनको व्यवस्था गर्नु पनि मह“गो पर्छ ।
अत्यन्तै न्यून भू–भागमात्र सुगम र अत्यधिक भू–भाग दुर्गम रहेको हाम्रो देशमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउ“मा समेत यातायात सेवा पु-याउन सकिएको छैन । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउ“मा यातायात विस्तार गर्नु अत्यावश्यक देखिन्छ । नेपालको भूधरातललाई दृष्टिगत गर्दा हवाई यातायातलाई पर्यटन प्रवद्र्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगमलाई सबल बनाउनु प्रथम कर्तव्य हुन आउ“छ । आन्तरिक तथा बाह्य पर्यटकलाई एक ठाउ“बाट अर्को ठाउ“मा ओसारपसार गर्नुमात्र होइन, यातायातको सुविधा नभएका ठाउ“मा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाई सेवाको कर्तव्य हो ।
हाम्रोजस्तो हिमालैहिमाल र पहाडैपहाडले भरिएको मुलुकमा विदेशी पर्यटकलाई भिœयाउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाई सेवा हो । पर्यटन, उद्योग नै देश विकासको मेरुदण्ड भएको हुनाले र पर्यटन उद्योगको विकास हवाई सेवाको क्रियाकलापमै निर्भर रहेको हुनाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यनटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्नेछ । नेपाल वायुसेवा निगमले पाँच वर्षअघिदेखि दोहा उडान थालेको र विश्वका ठुल्ठूला वायुसेवा निगमले उडान गर्ने दोहास“ग सिधा हवाई सम्पर्क भएको छ । यसले युरोप र अमेरिकाका पर्यटक नेपाल आउन सजिलो भएको छ । खाडी राष्ट्रमा काम गरिरहेका करिब नौ लाख नेपाली मजदुरको आवतजावतमा पनि यो उडानले सुविधा पु-याएको छ । दोहास“ग सिधा हवाई सम्पर्क भइरहेका कारणले गर्दा विदेशी पर्यटकले भारत हु“दै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । राष्ट्रका लागि यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।
पर्यटन व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको हवाई सेवाले विश्वलाई सा“घुरो पार्दै लगी एउटा सानो गाउ“मा परिणत गराउन अहम् भूमिका खेलेको छ । यसैले विश्वमा हवाई यात्रुको सङ्ख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष दसौँ लाख व्यक्तिले आन्तरिक हवाई यात्रा गरिरहेका छन् । हवाई सेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । हवाई सेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादन दोब्बरकै सङ्ख्यामा वृद्धि गरिसकेका छन् । विश्व–पर्यटन बजारको आम्दानीमा वृद्धि भई ८०० अरब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको १ प्रतिशतमात्र पाउन सके पनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । नेपालले पनि हवाई सेवाबाट आयआर्जन गर्ने त गरिरहेको छ तर राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापन अभावका कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकको सङ्ख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त सङ्ख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले वार्षिक सालाखाला १८० लाख डलरमात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
सन् १९९० को दशकदेखि हवाईयात्रुको सङ्ख्या विश्वमै बढिरहेको छ । हवाई यात्रुको सङ्ख्या बढेपछि सडक यात्रुको सङ्ख्याचाहि“ घटिरहेको छ । सडकयात्राले भन्दा हवाईयात्राले पर्यटकलाई बढी सुविधा दिएका कारणले यस्तो भएको हुन सक्छ । हवाई यात्राको प्रतिशत लगातार बढिरहेझै“ सडक यात्राको प्रतिशतचाहि“ लगातार घटिरहेछ । हवाई यातायाताका क्षेत्रमा यो शुभसङ्केत हो ।
यस क्षेत्रमा ठुल्ठूला एयरक्राफ्टजस्ता बोइङ ७७७ देखि एयरबस ३३० सम्म अन्तर्राष्ट्रिय एयरपोर्टमा जहाज उत्रिन थालेका छन् । अब बढ्दो परिवहन धान्न विमानस्थलको आफ्नो धावनमार्गलाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ र पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरीसमेत पर्ने भएको छ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टले प्रविधियुक्त हुनु पनि जरुरी छ । औजार व्यवस्थापन त्यसैअनुसार नियोजित हुनुपर्ने अर्को आवश्यकता हो । वैकल्पिक वा इच्छाधीन सेवाको पर्याप्तताले गर्दा सोहीअनुरूप यात्रुले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि सा“च्चै महŒवपूर्ण हुने कुरा स्पष्टै छ ।
परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए पनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा हवाई सेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्तै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा अपरेटरले गठबन्धनतर्र्फ ध्यान नपु¥याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरूले व्यक्त गर्न थालेका छन् । युक्तिसङ्गत र रामो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्नेखालका सुझाव सम्बन्धित सरकारलाई दिन थालिएको पनि छ । नेपालको पर्यटन व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजी स्तरका हवाई कम्पनी तथा विभिन्न ट्राभल एजेन्सी र होटलको महŒवपूर्ण भूमिका रहेको कुरामा कुनै शङ्का छैन । अन्य विभिन्न सङ्घ–संस्थाको पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर, सम्बन्धित सम्पूर्ण निकायबीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्ता त्यसले पर्यटन व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाका कारणले आफ्नो लक्ष्य प्राप्तिका लागि कठिनाइ भइरहेको छ ।
सरकारी नीति निर्धारण गर्ने, चालक दल, हवाई कम्पनीमा काम गर्ने कर्मचारी, हवाई कम्पनीका मालिक, सरकारी निगमको व्यवस्थापन पक्षस“ग सम्बन्धित व्यक्ति र उड्डयनस“ग सम्बन्धित व्यक्तिका दृष्टिकोणमा समन्वय र सामन्जस्य ल्याउन जरुरी छ । यसो गर्न नसकेसम्म (ट्रेकिङ एजेन्सी, नेपाल पर्वतारोहण सङ्घ, होटल एसोसिएटसबीचको असामन्यजस्यजस्तै) र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवम् पर्यटन व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्नेछ । नेपालको अधिकांश भू–भाग पहाड र पर्वतले भरिएको छ । त्यसैले यहा“ उड्डयनको विशेष महŒव छ । नेपालमा हाल ५८ वटा विमानस्थल छन् र तीमध्ये २४ वटा विमानस्थलको कालोपत्र भइरहेको छ र ३४ वटा कच्ची विमानस्थल छन् । जसमध्ये राति पनि सातवटा एयरपोर्टमा उडान गर्न सक्ने भएका छन्, ती सबै विमानस्थललाई संरक्षण गरेर समुचित ढङ्गले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पु¥याउनेछ । आगामी दिनमा नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थललाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ । त्यसबाहेक नेपालमा पूर्ण रूपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त आवश्यक भइसकेको छ । यस कुरामा कसैमा विवाद नरहे पनि दोस्रो तस्रो विमानस्थल हुनुपर्छ । लुम्बिनी र पोखराबाहेक विमानस्थललाई विमानस्थलका रूपमा कार्यलाई जतिसक्दो छिटो निर्माण गरी विकास गरिनु पनि आवश्यक छ । अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकको कमी हुने जुनसुकै मुलुकस“ग द्विपक्षीय हवाई सम्झौता गर्नुको सट्टा पर्यटक बढी हुने मुलुकस“ग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४० वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकस“ग भएको द्विपक्षीय हवाई सम्झौताले पनि नेपालको पर्यटन व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।
नेपालबारे समाचार सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीलाई समाचार सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयमार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचार सम्प्रेषण प्रचार प्रसार गर्न सकिन्छ । ती कार्यालयको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । सरकारले पर्यटन उद्योगलाई मुलुकमा अन्य उद्योगसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवम् निजी क्षेत्रस“गको कार्यगत सम्बन्ध सुदृढ बनाउ“दै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवम् पर्यटन क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ । पर्यटनस“ग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एक–अर्काको क्षेत्रमा अनधिकार रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापको अविलम्ब अन्त्य गराउनेतर्र्फ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवम् सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदम चालिनुपर्छ र खुला आकाश नीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले (हाल पार्किङ गरेर राखेको स्थान) पूर्वतर्फको खाली जग्गालाई आन्तरिक उडान गर्न सानातिना जहाजलाई उडान गर्न सक्ने गरी व्यवस्थित गर्न सकिन्छ ।
गुहेश्वरीतर्फ हाल पार्किङ गरी राखेका जहाज राख्न सकिन्छ र नेपाल आयल निगमको तेल भण्डारलाई तीनकुनेतर्फ सार्न सकिन्छ भने दक्षिण तर्फको हालको एयरपोर्टलाई लम्बाइतर्फ गरी १० वटा विमान पार्किङ क्षेत्रबाट १५ देखि २० वटासम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ । तसर्थ, प्राधिकरणले यसतर्फ पनि तत्कालीन ध्यान पु-याउनु आवश्यक छ । साथै हाल सञ्चालन गर्दै आइरहेको धावनमार्गलाई लम्ब्याउन पनि अति अवाश्यकता भइसकेको छ । सक्दो चाँडै तीनकुनेबाट जडीबुटीसम्म अन्डरग्राउन्ड भूमिमार्ग तयार गर्नुपर्र्नेछ । आन्तरिक हवाई उडानमा यात्रुको सुरक्षाको सक्दो चाँडो प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई कम्पनीलाई थप इजाजत दिनेतर्फ नियन्त्रण गर्नुपर्ने देखिन्छ भने सरकारमा दर्ता नगरी अनधिकृत रूपले चलाइएका हवाई कम्पनीलाई कडा कारबाही गर्नु जरुरी छ । निजी क्षेत्रका हवाई कम्पनीले पार्किङ गर्नुपर्ने स्थानमा पार्किङ नगर्ने र उडान पनि नगर्ने कार्य गर्दै आइरहेको हुनाले काठमाडौँ विमानस्थलमा पार्किङको चाप हुँदै गइरहेको छ । त्यसकारण त्यस्ता निजी कम्पनीलाई जे–जस्तो अनुमति लिएको छ, सोहीअनुसार कार्य गर्न लगाउनु प्राधिकरणको व्यवस्था हुनु जरुरी छ ।
आन्तरिक उडान सेवाबीचको अस्वस्थकर प्रतिस्पर्धा हट्न जानेछ । तर, यसका लागि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटन नीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित सङ्घ–संस्थाको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न र नेपाल पर्यटन बोर्डस“ग त्यसले सामन्जस्य राखी काम गर्नु पनि आवश्यक छ । 
(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?