निनाम कुलुङ ‘मंगले’
यो वर्ष अर्थात् सन् २०२१ को वसन्त ऋतुमा नेपालले हिमाल आरोहणबाट धेरै राम्रो आमदानी गर्न सफल भएको छ । विभिन्न देशका पर्वतारोहीलाई नेपाल सरकारले अनुमति दिएवापत लिने गरेको सलामी दस्तुर अर्थात् रोयल्टी मात्रै ६६ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ ।
कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला भए पनि हिमाल आरोहणको आधारमा हेर्दा सधैँ आकर्षणको केन्द्रबिन्दुमा रहेको विश्वकै अग्लो हिमाल सरगमाथा हिमालले यो वर्ष त अहिलेसम्मकै धेरै पर्वतारोहीलाई आकर्षण गर्न सकेर नयाँ कीर्तिमान नै कायम राख्न सफल भएको छ ।
सगरमाथा हिमालको नयाँ उचाइ ८ हजार ८४८.८६ सेन्टिमिटर कायम भएको छ । त्यसैले पनि यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न धेरै विदेशी पर्वतारोही आएका हुन सक्छन् । यो सङ्ख्या विगतका वर्षमा भन्दा धेरै हो, जुन कोरोना महामारीको बेला अनपेक्षित थियो । यो सिजन (वसन्त याम) मा सगरमाथा चढ्न भनी विभिन्न देशका ४४ वटा पर्वतारोहण दलका ४०८ जना पर्वतारोहीले अनुमति लिएका थिए । त्यसमध्ये एक जना तेस्रो लिङ्गी थिए भने ९२ जना महिला रहेका थिए । त्यस्तै ३१५ जना पुरुष रहेका थिए । सन् २०१९ मा ३८२ जना पर्वतारोहीहरूले सगरमाथा चढ्नका लागि अनुमति लिएका थिए । सन् २०२१ को वसन्त ऋतुमा धेरै पर्वतारोहीहरू सगरमाथा आरोहणमा सफलता पाउने आशासहित गएका थिए ।
दुःखको कुरो, यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणकै समयमा खाडी क्षेत्रका देशहरूमा आएको ‘ताई÷ताउ’ समुद्री आँधीको र भारतको गुजरात, महाराष्ट्र, पश्चिम बङ्गाल, बङ्गलादेशलगायत क्षेत्रबाट आएको ‘यास÷यस’ नामक समुद्री आँधीका कारण हिमाली क्षेत्रमा परेको नकारात्मक मौसमी असरका कारण यो वसन्तमा सगरमाथा आरोहणमा अपेक्षित सफलता भने मिलेन । पर्वतारोहीहरूले सन् २०२१ को जुन महिनाको १÷२ तारिखसम्म पनि मौसमले कतै साथ दिइहाल्छ कि त ? भनी पर्खेका थिए । तर, त्यसरी विगतका वर्षमा भन्दा लगभग एक हप्ता बढी पर्खंदा पनि सगरमाथा आरोहणबारे पहिलेजस्तो सफलता मिलेन ।
सगरमाथा चढ्ने समयमै खाडी क्षेत्रका देशहरूमा आएको ‘ताई÷ताउ’ समुद्री आँधी र भारतको गुजरात, महाराष्ट्र, पश्चिम भारतको विभिन्न राज्यको सीमा क्षेत्रको समुद्रबाट सुरु भएको ‘ताई–तेई’ र ‘यास÷यस’ नामक समुद्री आँधीको असरले हिमालय पर्वतमालाको मध्य–पूर्वी क्षेत्रमा नराम्रोसँग असर ग¥यो । फलस्वरूप सगरमाथालगायत अन्य हिमाल आरोहणमा पनि यसको असर नरामै्रसँग प¥यो । धेरैजसो पर्वतारोही कतै मौसम सुध्रेला कि ? भनी सगरमाथालगायत अन्य हिमालको क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा पर्खेर बसेका थिए ।
सगरमाथापछि यो याममा विश्वकै चौंथो अग्लो हिमाल ल्होत्से (आठ हजार पाँच सय १६ मिटर) आरोहण गर्नका लागि विभिन्न देशका १४ वटा आरोहण दलका एक सय २५ सदस्यले अनुमति लिएका थिए । यो हिमाल आरोहण गर्नका लागि यस वर्षको वसन्त याममा पुरुषभन्दा महिला तीन चौथाइभन्दा पनि बढी सङ्ख्यामा थिए । अर्थात् यो वसन्त याममा ल्होत्से आरोहण गर्न ९४ जना महिला र २९ जना पुरुष आरोहीहरूले मात्रै आरोहण अनुमति लिएका थिए । खुम्बु क्षेत्रमै पर्ने नुप्से (सात हजार आठ सय ६४ मिटर) आरोहणका लागि विभिन्न देशका ३८ जना आरोहीहरूले आरोहण अनुमति लिए । पुमोरी हिमाल ( सात एक सय ६१ मिटर) आरोहणका लागि विभिन्न देशका नौ जना आरोहीले अनुमति लिएका छन् । माथिका सबै हिमाल खुम्बु हिम शृङ्खलामा रहेका छन् ।
सङ्खुवासभा र सोलुखुम्बु जिल्लाको सीमामा रहेको विश्वको पाँचौंँ अग्लो मकालु (मकालु हिम शृङ्खलाको मुख्य हिमाल, आठ हजार चार सय ६३ मिटर) आरोहणका लागि यो याममा दुई आरोहण दलका २० जनाले आरोहण अनुमति लिएभने गोरखा जिल्लामा रहेको आठ हजार एक सय ६ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि भने एक मात्र आरोहण दलले आरोहण अनुमति लियो । विश्वको सातौँ अग्लो हिमाल धौलागिरि (आठ हजार एक सय ६७ मिटर) आरोहण गर्न विभिन्न देशका पाँच वटा आरोहण दलका ३३ जना पर्वतारोहीहरूले आरोहण अनुमति लिएका थिए भने विश्वको नौ औँ अग्लो अन्नपूर्ण (आठ हजार ९१ मिटर) आरोहण गर्न चार आरोहण दलका ४४ जनाले अनुमति लिएका थिए ।माथि उल्लेखित हिमालबाहेक नेपालका अन्य विभिन्न हिमाल जस्तै सात हजार एक सय २६ मिटर अग्लो हिमलुङ, सात हजार एक सय ३३ मिटर अग्लो नीलगिरिलगायत अन्य २० वटा हिमाल विभिन्न देशका पर्वतारोहीलाई आरोहण गर्नका लागि नेपाल सरकारले यो याममा अनुमति दिएको छ ।
कोरोना महामारीको दोस्रो लहरले ‘त्राहीमाम, त्राहीमाम !’ बनाइरहेको भए पनि पर्वतारोहणबाट यो वर्षको वसन्त ऋतुमा नेपाल सरकारले पर्वतारोहीहरूलाई नेपालका हिमालहरू आरोहण गर्न अनुमति दिएवापत लिने गरेको सलामी दस्तुरबाट लगभग ७२ करोड नेपाली रुपियाँ बराबरको आम्दानी गरेको छ । यो वर्षको वसन्त याममा समग्र पर्वतारोहण क्षेत्रबाट सरकारले गरेको आम्दानी (रोयल्टी) मध्ये ६६ लाख ७१ हजार रुपियाँ त सगरमाथा एउटै हिमालबाट कमाइ भएको छ ।
(लेखक पर्यटन मजदुर हुनुहुन्छ ।)