डा. मेघराज ढकाल
विकास साझा आवश्यकता भएकाले यसका लागि नीति निर्माता, योजनाविद्, कलाकार तथा साहित्यकार सबैको आ–आफ्नो तर्फबाट योगदान भएको हुनुपर्छ । अति विकसित देशमा स्रष्टाले सिर्जना गरेका कृतिको प्रकाशन तथा प्रचार प्रसारमा सहयोग पु¥याउने तथा सर्जकले पनि अध्ययन, अनुसन्धान गरी नयाँ–नयाँ विषयवस्तुको ज्ञान नीति निर्मातासमक्ष पृष्ठपोषण गरेका हुन्छन् । यद्यपि, अविकसित देशमा साहित्यलाई अनुत्पादक क्षेत्र ठान्नेको लर्को नभएको पनि होइन । हुनु पनि स्वाभाविकै हो किनकि सर्जकद्वारा सिर्जना गरिएका दस्तावेजमा ज्ञानको गुणस्तर, तार्किकता, गाम्भीर्यता, औचित्यततामा अर्थशास्त्रको क्रमागत ह्रास नियम लागू भएको छ । यस अवस्थामा भानुभक्तले कविताको माध्यमबाट विकासमा के–कस्ता सन्देश दिएका थिए भन्ने चर्चा
यहाँ छ ।
शाब्दिक अर्थमा विकास भन्नाले परिवर्तन, प्रौढता, उन्नति र प्रगति बुझिन्छ । नेपाली वृहत् शब्दकोश (२०४०) अनुसार क्रमशः बढ्दै वा सुध्रँदै गएको स्थिति वा उन्नतिलाई विकास भनिन्छ । यो निरन्तर चलिरहने सकारात्मक परिवर्तन र बहुआयामिक प्रक्रिया हो । एड्वार्ड वाइडनरले विकासलाई तोकिएको दिशामा हासिल गरिने परिवर्तन भनेका छन् ।
विकास मापन गर्ने सूचकाङ्कमध्ये मानवीय विकासलाई एउटा महŒवपूर्ण आयामका रूपमा लिन सकिन्छ । यसलाई एङ्ग्लो भाषामा ह््युुमन डेभलपमेन्ट भनेर बुझिन्छ । यस सिद्धान्तका मूल तŒवलाई पङ्तिकारले परम्परागत र आधुनिक गरी दुई भागमा बाँडेको छ । पहिलो पक्षमा शिक्षा र स्वास्थ्यमा उपविभाजन गरिएको र दोस्रो पक्ष आधुनिकतर्फ काम, परिवार तथा समुदाय गरी तीन भागमा उपविभाजन गरिएको छ । कामतर्फ सीप र क्षमतालाई लिइएको छ भने परिवारमा स्वास्थ्य तथा परिवारमा स्याहार गर्ने तथा द्वन्द्व समाधान गर्ने कलामा उपविभाजन गर्दै समुदायतर्फ हेर्दा समुदायमा जिउने, रहने, मनोरञ्जन गर्ने कला, सुरक्षा तथा दायित्व वा कर्तव्यजस्ता विषयवस्तु समावेश गरिएको छ ।
अहिलेको विकासवादी चिन्तकले विकास भयो वा भएन मूल्याङ्कन गर्ने सूचकाङ्कमध्ये मानव विकास सूचकाङ्कमा जन्मेदेखिको औसत आयु, शैक्षिक स्तर र समायोजित वास्तविक प्रतिव्यक्ति आयलाई आधार मानेर विश्वभरमा एकै तरिकाले विश्लेषण गरिएको छ ।
मानव विकासका सूचकाङ्कलाई केलाउनभन्दा पहिला भानुभक्तको सहित्यको स्रोत र पारिवारिक पृष्ठभूमि बुझ्दा पुराणबाट प्रभावित भएको पाइन्छ । यी पुराण इसाको छैटौँ शताब्दीपूर्व भारतवर्षमा लेखिएका र हालका दिनमा यी एङ्ग्लो भाषामा उल्था भई सोही भाषामा लेखिएर छ्याप्छ्याप्ती बजारमा आएका छन् । हामी विकसित भनाउँदाहरू संस्कृत बिर्संदै गएका छौँ । यस अवस्थामा कविताको उद्देश्यलाई दृष्टिगोचर लगाउँदै धर्म, यश, आयु र कल्याणको अभिवृद्धिलाई मध्यनजर राखेर सर्वप्रथम नेपाली जनजिब्रोमा लाग्नेगरी रामायणलाई नेपाली जनतामाझ भानुले ल्याए र दिनभर मेलामा काम गर्दा थकित भएका कृषक तथा श्रमिकलाई पढ्ने, गाउने तथा मनोरञ्जन गर्ने माध्यम बनाई सुखी, आनन्द, दीर्घायु बनाउनमा योगदान पुु¥याएका छन् । त्यस्तै भानुभक्तले मानव जीवन निर्वाहका लागि नभई नहुने खाना, नाना, छाना, स्वास्थ्य, शिक्षा, खाद्यसुरक्षालगायत पोषणयुक्त वस्तुका बारेमा कविताको माध्यमबाट सुसूचित गराएका छन् ः
‘‘असल मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो कि त सेता मूला कि त बरु हवस् साग उसको असल हुन्थ्यो धूपमा नतर यसरी खानु कसरी भूटी ल्यायौ थालमा मकइ तिमिले क्याँन कसरी ?’’
एङ्ग्लो भाषाको प्रभावमा परेर आजकल समाजमा मकैका फूूल भनेपछि नखाने तर पपकर्न भनेपछि फाइभ स्टारमा चल्ने, वनभोज भन्दै पार्टी प्यालेसमा खानपिन गर्ने, एकादशी भने नाक खुम्च्याउने फास्टिङ भने रमाउनाले पोषणमात्र होइन, भाषा विकासमा प्रतिकूल असर परेको छ ।
स्वास्थ्यपछि मानव विकासको अर्को पक्ष शिक्षा हो । शिक्षा उपयोग गरे विज्ञान हो, दम्भ गरे मुख्र्याइँ हो । हालको शिक्षा प्रणाली उपयोगवादबाट पर भई घोकन्ते विद्यामा सीमित छ । डिग्री, नम्बर र विदेश पलायनमा गर्व तर समाज सुधार र सहित्यमा न्यून । कविताको माध्यमबाट शिक्षण सिकाइमा प्रभाव पार्न सकिन्छ । ठुुल्ठूला आख्यानको सार छन्द कविताको एउटै श्लोकमा भन्न सकिन्छ । भौतिकविज्ञानको क्याल्कुलस तथा पाणिनि ऋषिको छन्दका नियम समान छन् ।
फरक यत्ति हो, क्याल्कुलस उपयोग गरेर अर्थशास्त्रमा मोडलिङ गरेमा पैसा आउँछ, छन्दमा लेख्दा बाँदरका हातमा नरिवल परेझैँ पाठकले डस्टबिनमा फाल्न सक्ने खतरा भने छ । छन्दमा कविता लेख्दै भानुभक्तले वधूूशिक्षामार्फत महिलालाई केही अर्ति दिन खोजेका छन् । तथापि, अहिलेको समयमा पाच्य हुन नसक्ला । यद्यपि, यसका राम्रा पक्ष पनि होलान्, स्वतन्त्रताका नाममा ‘नगरवधू’ बनेर एचआईभी एड्सजस्ता प्राणघातक रोग सार्ने तथा पैसाका लागि मानव अङ्ग बेचविखन गर्ने कार्य कदापि स्वीकार्न सकिन्न बरू गुणदोषका आधारमा गहन विश्लेषण गर्नुपर्ने भने देखिन्छ ।
विकास गतिशील र समय सापेक्ष हुन्छ, समय–समयमा फरक–फरक सोचको हुन्छ । भानुभक्तले त्यो बेलामा लेखेको वधूूशिक्षाको जवाफमा अहिले वरशिक्षा लेख्न पर्ने हो
कि ? भन्ने अवस्था छ । पुरुषले पुरुषत्व देखाउँदै विदेश आउजाउ गर्ने, व्यवसायी रूपका यौनकर्मीसँग यौन संसर्ग गर्ने, आफ्नो पटाहा नछोडेका शिक्षित महिलालाई एचआईभी एड्सको मारमा परेर मृत्यवरण गरेका उदाहरण प्रशस्त छन् । बरू सन् १९९४ मा कायरो भएको जनसङ्ख्या र विकास सम्मेलनद्वारा पारित जनसङ्ख्या तथा विकास कार्ययोजनामा उल्लेख भएको प्रजनन स्वास्थ्यमा पुरुषको भूमिका भन्दै वरशिक्षा कविता लेख्न आवश्यक देखिन्छ । वधूूशिक्षालाई गुणदोषका आधारमा समीक्षा भने गर्नैपर्छ ।
फेरि अर्को पक्ष, वधूूशिक्षामा केटाकेटी, महिला, बूढाबूढी तथा बिरामीको स्याहारका कुरा पनि छन् । यो नर्सिङ पेसा अपनाउनेका लागि केही न केही उपयोग हुन सक्ला । यो पेसा सुरुमा महिलाका लागि भने पनि अहिले पुरुष सहभागिता पनि बढेको छ । त्यसलाई पनि ध्यान दिँदै बरू महिलाले घरमा केटाकेटी तथा पुरुषलाई गरेका स्याहारको कार्यलाई मौद्रिक रूपमा हिसाब गरेर राष्ट्रिय आयमा गणना गर्न सकेमा आठ घण्टा काम गरेर हाम्रो कमाइ बढी छ भनेर फुुर्ती गर्ने पुरुषको सोचभन्दा १६ घण्टाभन्दा बढी काम गर्ने कामकाजी महिलाको आय तीन गुना बढी हुन सक्ला । करोडौँ खर्च गरेर गरिने जनगणनामा महिलाले गरेका कामलाई आयमूलक काममा जोडेर विश्लेषण गरिनु आवश्यक छ ।
भानुभक्तका प्रश्नोत्तरी कवितामा दर्शन दृष्टिपात गर्दा वैदिककालको कुरालाई बहस गर्दै फौजदारी न्यायको सिद्धान्तअनुसार मानिसमा ठूलो सानो भेदभाव नठान, धन र पदमा घमण्ड नगर सबै छाडेर जाने हो भन्ने सन्देश दिइएको छ । भानुले आमा र विद्याभन्दा ठूलो केही छैन भन्ने सन्देश कवितामा दिएका छन् ः
माता सरी सुख दिन्या कुन चिज् छ जान्नु
विद्यै छजान्नु त्यसतो अरू कौन खोज्नु ।।
कुन हो जति जति दियो उति बढ्न जान्या
विद्यै रहेछ बुझि निश्चय तेहि मान्या ।
यसका साथै ‘ह्युुमेन क्पापिटल’ सिद्धान्तले जति–जति खर्च गर्दै गयो, त्यति विद्यारूपी धन बढ्दै जान्छ भन्ने दर्शन दिएको छ भने भानुभक्तले पनि पुराण खोतलेर प्रश्नोत्तर गर्दै न्यायका सिद्धान्तमा बहस गरेको उनका कवितामा देख्न सकिन्छ । शासकीय सुधारका लागि भानुभक्तले तत्कालीन प्रशासकलाई जेलमा बस्ने मानिसका अवस्था र त्यहाँको वातावरण सुधार गर्नपर्ने कुरालाई सङ्केत गर्दै लामखुट्टे, उडुस उपियाँले टोकेर दुःख दिएको कुरा व्यक्त गर्दै बन्दीको हितार्थ मानवअधिकारका पक्षमा रहेर कवितामार्फत माग गरेको देखिन्छ ।
हो, कविता र विकासबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । कविताले विकासलाई मार्गदर्शन गर्न सकेको हुन्छ भने विकासले पनि समाजका सबै मानिस तथा समुदायका आधारभूत आवश्यकता सम्बोधन गर्न सक्छ । आधारभूत आवश्यकता पूरा भएपछि मानवमा सोच्ने शक्ति तथा अध्ययन अनुसन्धान गर्ने क्षमता विकासको साथै गुणात्मक साहित्य सिर्जनासमेत गर्न सक्छ । कविताको मूल लक्ष्य समाजमा परिवर्तन ल्याउनु भएकाले सर्जकले पनि परिवर्तन गर्न सक्नेखालका सन्देश अध्ययन, अनुसन्धान गरेर लेख्न सक्नुपर्छ अन्यथा लेखक तथा पाठकको समय, धन, शक्ति तथा कागजको बर्बादमात्रै हुन्छ । भानुभक्तले पोषणयुक्त खानाको सन्देश दिँदै धन, लोभ, दम्भले उन्नतिभन्दा अवनतितर्फ लैजाने हुँदा यस्ता क्रोध आवेश तोड्न पर्छ भन्ने मान्यता रहेको निक्र्यौल गर्न सकिन्छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)