logo
२०८१ बैशाख १९ बुधवार

सङ्क्रमणसँग जुध्न उच्च सावधानी

विचार/दृष्टिकोण |

दीपक ज्ञवाली

केही मानिस जनजीवन लयमा फर्कियो भनेर ‘उत्सव’ मनाउन उत्सुक छन् । केही क्षेत्र अब सङ्कट सकियोझंँै गरेर बेपर्वाह छन् । तथ्य, तथ्याङ्क र परिस्थितिले भने त्यस्तो भन्दैन । बरु सरकारी अधिकारी र विज्ञले अरू बढी जोखिम भित्रिन सक्ने चेतावनी दिइरहेका छन् । भावी चुनौतीको सामना गर्न उच्च सावधानी अपनाउन उनीहरूले अपिल पनि गरिरहेका छन् ।
प्रसङ्ग कोभिड–१९ कै हो । भर्खर दोस्रो लहरको चर्को क्षतिबाट गुज्रिएका नेपाली अब अरू बढी सावधान हुनुपर्ने भएको छ । नयाँ र अहिलेसम्म नभोगेको चुनौतीको सामनाका लागि अहिल्यैदेखि सावधानी र सचेतना जरुरी देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका अनुसार अहिले नेपालमै पनि ‘डेल्टा भेरियन्ट’ र यसको उत्परिवर्तित रूप ‘डेल्टा प्लस’ देखिएको छ । हालसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट भेटिएका छन् । जनस्वास्थ्यविद्का भनाइमा ती बढी सङ्क्रामक र जोखिमयुक्त छन् । उच्च सावधानी र पूर्व तयारी नगरे त्यसबाट अरू बढी क्षति हुन सक्छ । त्यसै पनि पछिल्ला दिनमा फेरि सङ्क्रमण दर बढिरहेको छ । यस्तो दर बढ्ने क्रम जारी छ । काठमाडाँै उपत्यकासँगै देशका विभिन्न भागमा सङ्क्रमण दर उकालो लागिरहेको छ । अहिलेसम्म नेपालमा कोेभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको आधिकारिक सङ्ख्या दस हजार पुग्ने अवस्थामा छ ।
सङ्क्रमण दर निरन्तर बढिरहँदा र नयाँ भेरियन्ट भित्रिँदाको अवस्था अहिले नै आकलन गर्न जरुरी छ । किनभने यो आतङ्कित बनाउने विषय होइन, बरु उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति कम गर्नेतर्फ बहस गर्दै सचेतना बढाउनुपर्छ । क्षति भइसकेपछि सरकार, प्रतिपक्ष वा सरोकारवालाई सराप्नु र आरोप प्रत्यारोप गर्नुको कुनै अर्थ हुने छैन । क्षति भइसकेपछि विलाप गर्नुभन्दा होसियारी अपनाउनु नै बुद्धिमानी हो ।

नगरौँ हेलचेक्र्याइँ
काठमाडौँलगायत सहरी क्षेत्रका केही सार्वजनिक स्थलका दृश्यले महामारीको भयावह अवस्था आउने सङ्केत गरिरहेका छन् । सडक, पार्क, आकाशे पुल, चउरमा मानिसको भीडभाड बढेको छ । सेल्फी खिच्ने, रमाउने, प्रदर्शन गर्नेहरूको सङ्ख्या फेरि ह्वात्तै बढेको छ । होटल, रेष्टुराँ भरिभराउ हुन थालेका छन् । बजार, पसलमा भीडभाड बढेको छ । मानौँ कोरोना सङ्क्रमण पूरै सिद्धिएको छ । यस्तै अवस्था काठमाडौँबाहिर पनि छ । मानिस भेटघाट, भोजभतेर र रमझम रोज्न थालेका छन् । सार्वजनिक यातायातमा मापदण्ड पालना भइरहेको छैन ।
अधिकांश ग्रामीण भेग तथा बजार क्षेत्रमा मास्क लगाउने, भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता देखिन्छ । नागरिक खाद्य तथा आर्थिक सङ्कटमा नपरुन् भनेर अपनाइएको खुकुलोपनलाई दुरुपयोग गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ ।
लामो समयको निषेधाज्ञामा घर र कोठामा गुम्सिएका मानिस बाहिर आउनु स्वाभाविक हो । लामो समय व्यापार व्यवसाय गर्न नपाएका ठूला साना व्यवसायीले कारोबार सुरु गर्नु पनि उचित छ । तर के यी सबै काम निर्धक्क गर्ने समय आइसकेको हो त ? अथवा जोखिम पूरै निमिट्यान्न भइसकेको हो त ? यस्ता प्रश्नबारे निकै गम्भीर बन्न जरुरी छ । केही क्षेत्र अझैसम्म पनि खुल्न पाएका छैनन् । खुल्ने सुविधा पाएका क्षेत्रहरूले सीमा, मर्यादा र मापदण्डलाई मिच्ने भुल पटक्कै गर्नु हुँदैन । आफँै सचेत हुँदा समाज सुरक्षित हुन्छ ।

जरुरी छ पूर्वतयारी
सम्झांँै, सङ्क्रमणको दोस्रो लहरका सुरुवाती दिनहरू । जताततै मानवीय क्षतिका डरलाग्दा दृश्य बढिरहँदा उपचारमा समेत चर्को चुनौती देखिए । सबैभन्दा ठूलो चुनौती बन्यो–अक्सिजन । अक्सिजनको हाहाकार भएको थियो । अक्सिजनको अभावमा आँखा अगाडि छटपटिएका बिरामीको समेत उपचार गर्न नसक्दा स्वास्थ्यकर्मी नै विछिप्त बने । थप जोखिम बढ्छ र अक्सिजनको जोहो गर्नुपर्छ भन्ने पूर्वतयारी हुनसकेन । केही दिनमा अक्सिजनको व्यवस्थापन हुँदै गयो । अक्सिजन प्लान्ट स्थापना भए, सिलिन्डर विदेशबाट झिकाइयो । सङ्घ, प्रदेश र स्थानीय सरकारले तत्कालका समस्या सम्बोधन गर्ने प्रयास गरे । परिणाम सकारात्मक निस्कियो ।
कोरोना महमारीको तेस्रो लहर नजिक छ । स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना, प्रतिकार्यको तयारी र कार्यान्वयनका लागि देशभरिका स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक परिचालनको तयारी गरेको जनाएको छ । मन्त्रालयले कोरोनाको ‘तेस्रो लहर’ आउने सम्भावना रहेको भन्दै केन्द्र र प्रदेशहरूमा अक्सिजन व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएको छ । सम्भावित चुनौतीलाई सामना गर्न प्रत्येक प्रदेशमा कम्तीमा एक हजार सिलिन्डर र केन्द्रमा दुई हजार सिलिन्डर भरेर राख्न, खाली रहेका सिलिन्डरसमेत भरेर राख्न र अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क तथा कन्सन्ट्रेटर चुस्त र चालू अवस्थामा राख्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
पूर्वतयारीका यस्ता पहलको प्रभावकारी कार्यन्वयनले धेरै सकारात्मक अर्थ राख्ने छ । सम्भावित तेस्रो लहरमा कस्ता प्रकारका उपचार सामग्री आवश्यक पर्लान् ? र तिनको कसरी व्यवस्थापन गर्न सकिएला भन्ने तर्फ आजैदेखि सोच्न जरुरी छ । यो बिर्सनु हुँदैन कि पहिलो चरणको सङ्क्रमणको बेलामा स्थानीय सरकारको सक्रियता प्रभावकारी पुष्टि भएको थियो । गाउँगाउँमा बनेका क्वारेन्टाइन, आइसोलेसन सेन्टर र उद्धार केन्द्रका कारण जोखिम कम गर्न निकै सहज भएको थियो । सम्भावित तेस्रो लहरमा पनि स्थानीय सरकारको भूमिका महìवपूर्ण हुनेछ । त्यसैले स्थानीय सरकारले सम्भावित चुनौतीको सामना गर्न आजैदेखि पूर्वतयारीको अभ्यास थालिहाल्नु श्रेयस्कर हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?