राजेश्वर नेपाली
अमर शहीद दुर्गानन्द झासमेतका हजारौँ हजार वीर शहीदका बलिदानले नेपाल गणतन्त्र भएको १४ वर्ष भइसक्दा पनि अमर शहीद दुर्गानन्दको देशमा कतै कुनै स्मारक निर्माण हुन सकेको छैन । कुनै संस्थाको निर्माणसमेत हुन सकेको छैन । यहाँ यो स्मरण गराउनु आवश्यक छ, २०६६ असार २९ मा प्रस्तुत २०६६÷६७ को बजेटमा अमर शहीद दुर्गानन्द झाको स्मृतिमा उहाँंको जन्मस्थल धनुषाको जटही गाउँमा दस शøयाको अस्पताल निर्माण गर्ने घोषणा भए पनि आजसम्म शहीदको नाममा अस्पताल निर्माण हुन सकेको छैन । सरकारको बजेटमा आएको कुरा कार्यान्वयनमा नआउनु कसको दोष ?
दुर्गानन्द झाको जीवन लोकतन्त्रको पक्षमा रहेको छ । उहाँ तानासाहको विरुद्ध हुनुहुन्थ्यो । फलस्वरूप जानकी मन्दिरको प्राङ्गणमा २०१८ साल माघ ९ गते निरङ्कुश राजा महेन्द्रमाथि २० वर्षे युवा छात्र दुर्गानन्दले बम प्रहार गर्ने हिम्मत गर्नुभयो तर निशाना सही हुन सकेन । यो उहाँको निरङ्कुशताविरुद्धको बाध्यता थियो । जनकपुुर बौद्धिक समाजले उहाँको स्मारक निर्माण गर्न २०६५ असार ९ गते अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति गठन ग¥यो । आदमकद ६ फिट १ इन्च अग्लो स्मारक निर्माण गराएको १२ वर्ष भइसक्दा पनि निर्माणस्थल विवादले त्यो लगाउन सकिएको छैन । अदालतबाट विवादित मुद्दा खारेज भइसकेकाले रोकिएको निर्माण अब केही महिनाभित्र पूरा हुने सम्भावना भने बढेको छ ।
वि.सं. १९९७ सालका चार अमर शहीद जस्तै २०२० पुस १० मा अदालती निर्णय तत्कालीन राजाबाट सदर गरिएपछि शहीद सप्ताहकै छैटौँ दिनको अवसरमा २०२० माघ १५ मा २१ वर्ष नौ महिनाको उमेरमा नेपालको इतिहासमा पहिलो पटक दुर्गानन्द झा ब्राह्मणलाई मृत्युदण्ड दिइयो । शहीद स्मारकमा चार अमर शहीदकै श्रेणीमा उहांँलाई राखिने माग गर्दा आजसम्म पूरा भएको छैन ।
यस्तो प्रपञ्ची अवस्थामा सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा त्यहाँ बन्दी जीवन बिताउनुभएका बीपी, गणेशमान सिंह आदिका साथै दुर्गानन्द झा, क्याप्टेन यज्ञबहादुर थापा र भीम नारायण श्रेष्ठको स्मारक पनि राखिने कुरा सङ्ग्रहालय सञ्चालक समितिको अध्यक्ष परशुराम पोखरेलले २०६९ पुस १६ गते आयोजित वार्षिक सभामा व्यक्त गरिसक्नुभएको हो । काठमाडाँैंको सुन्दरीजलको त्यस समारोहमा पहिलो पटक अमर शहीद दुर्गानन्द झाकी अर्धाङ्गिनी काशीदेवी झालाई सम्मान गरिएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनका महान् योद्धा तथा जनकपुर बम काण्डका नायक प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाको ५९आँैं बलिदान दिवसको अवसरमा उहाँप्रति उच्च सम्मान सबैको कर्तव्य हो ।
यो लोकमा आएका हरेक मानिस र जीवजन्तु सबैलाई एक दिन जानैपर्छ तर आफूलाई देश र समाजका लागि बलिदान गर्नुभएका महान् क्रान्तिकारीहरू सदैव देश र देशवासीका लागि प्रेरणाका स्रोत बनिराखेका हुन्छन् । त्यस्तै महान् विभूतिमध्येका एक अमर शहीद दुर्गानन्द आफ्नी वृद्ध आमा र नवविवाहिता धर्मपत्नीलाई छोडेर सदा सर्वदाका लागि कहिले नफर्किने गरी बिदा हुनुभयो । भनिन्छ, शहीदका रगतको एक–एक थोपाले शहीद जन्माउँंछन् । वि.सं. १९९७ साल माघ १० देखि १५ सम्ममा शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको सवा वर्ष अर्थात् १५ महिनापछि १९९९ सालमा जनकपुरधामदेखि १४ किलोमिटर दक्षिण तत्कालीन महोत्तरी जिल्लाअन्तर्गत नेपाल–भारत सिमानाको जटही गाउँंमा वैशाख १४ गते अमर शहीद दुर्गानन्द झाको जन्म भएको थियो । सोही वर्षको लोहारपट्टी गाउँंमा अर्का क्रान्तिकारी अमर शहीद शिवचन्द्र मिश्रको जन्म भएको थियो । मिश्र महोत्तरीको सम्सीमा सेनासित लड्दै २०१९ असोज २४ मा शहीद हुनुभएको थियो ।
त्यसै वर्ष मङ्सिर २९ मा जनकपुरधामदेखि १० किमि उत्तर धनुषाको सपही गाउँंमा जन्मनुभएका डा. रामवरण यादव गणतन्त्र नेपालका प्रथम राष्ट्रपति हुनुभयो । जटहीका देवनारायण झा र श्रीमती सुकुमारीदेवी झाको एक मात्र सुपुत्र दुर्गानन्द झा बाल्यकालमै रहँंदा उहाँको पिताको निधन भयो । त्यसैले झाको शिक्षादीक्षा माता सुकुमारीदेवीको रेखदेखमा भयो । उस बेला नेपालमा विद्यालय नरहेकाले सिमानापारिको उमगाँवस्थित दीनदयाल माध्यमिक विद्यालयमा उहांँका शिक्षा आरम्भ भयो । बाल्यकालदेखि नै अरूभन्दा आफ्नो विशिष्टता प्राप्त गर्ने विचार राख्ने दुर्गानन्द निडर र लक्ष्य पूरा गर्ने प्रवृत्तिको हुनुहुन्थ्यो ।
दुर्गानन्दले २०१५ सालको प्रथम आमनिर्वाचनमा चुनाव प्रचारक भएर काम गर्नुभयो । उहाँ बाआमाको एकल सन्तान मात्र होइन, आफ्ना बाजे पं. भोलानाथ झाका तीन भाइ छोराकै एक मात्र उत्तराधिकारी हुनुहुन्थ्यो । त्यसैले २०१७ सालको मार्ग शुक्ल पञ्चमी रामजानकी विवाह पञ्चमीको दिन कुम्हरौडा निवासी काशीदेवीसित मामाली परवाहामा उहाँको शुभविवाह भएको थियो । विवाहलगत्तै २०१७ पुस १ मा राजा महेन्द्रले निर्वाचित संसद् र संसदीय सरकार विघटन गरेको खबर उमगाँव माविमा पढ्दै थाहा पाउनुभयो । दुर्गानन्दमा त्यसको ठूलो रोष पैदा गरिदियो । नेपाल–भारत सिमानापारिको भारतीय गणतन्त्रमा पढिराखेको युवक दुर्गानन्दले आफ्ना साथीका बीच लोकतन्त्रको हत्यारालाई अब चैनसित बांँच्न नदिने प्रतिज्ञा गर्नुभएको उहाँका साथीहरूको भनाइ थियो । उहाँ राजनीतिक रूपमा भारतमा निर्वासित नेपाली काँग्रेसका नेताहरूको सम्पर्कमा हुनुहुन्थ्यो ।
जयनगरमा निर्वासित विघटित संसद्मा नेपाली काँग्रेसका युवा सांसद सरोज कोइराला राजा महेन्द्रको तानासाहीको विरोधमा सक्रिया हुनुभयो । पटनामा नेपाली काँग्रेसका तत्कालीन महामन्त्री परशुनारायण चौधरीलाई भेटेर राजाको तराई भ्रमण असफल पार्ने भनाइ राख्नुभयो । युवक दुर्गानन्द तानासाहमाथि प्रहार गर्ने पूर्वप्रतिज्ञा पूरा गर्न दृढ हुनुहुन्थ्यो ।
भ्रमणका क्रममा २०१८ माघ ९ गतेको दिन राजा महेन्द्र विराटनगरबाट विशेष विमानद्वारा जनकपुर विमानघाटमा पुग्ने कार्यक्रम थियो । विमानस्थलमा राजा ओर्लनुपूर्व नै अरविन्दकुमार ठाकुर बमका साथ पक्राउ परिसक्नुभएकोले यात्रा पाँंच घण्टा रोकिएको थियो । कडा सुरक्षा व्यवस्थापछि राजा महेन्द्र पुगेर जानकी मन्दिर पुग्दा जानकीचोकमा गाडी रोकिनासाथ दुर्गानन्दले बम प्रहार गरे । सेना र प्रहरी सशस्त्रधारीका कडा सुरक्षाका बीचमा राजा चढेको गाडीमा बम प्रहार गरेर पनि उहांँ पक्राउ पर्नुभएको थिएन । राजा पनि सकुशल रहन सके । सन्देश भने विश्वभर तानासाहीविरुद्ध सशस्त्र विद्रोहको गयो । राति जनकपुरधाममै आफ्ना साथी हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको डेरामा रात बिताएर भोलिपल्ट सिमानापारि उहांँ जानुभएको थियो ।
जनकपुर बम काण्डको नाममा ५९ जना समातिएका थिए । पक्राउ परेकाहरूलाई मरनासन्न हुनेगरी कुटपिट गरिएको खबर पाउँंदा युवा क्रान्तिकारी दुर्गानन्दले भारतमा आफू निर्वासित बस्नु ठीक मान्नुभएन । निर्वासनमा काँग्रेसले उहाँंको रहने, बस्ने र अगाडि पढ्ने सबै व्यवस्था मिलाउँंदा पनि उहाँले बम काण्डको नाममा निर्दोष मानिसले दुःख पाइरहेको पीडा सहन गर्न नसकेर एक दिन जयनगरमा नेपाली रेल समातेर नेपाल फर्कनुभयो । स्वयं गिरफ्तारी दिनुभयो ।
तीन महिनापछि २०१८ साल वैशाखमा फर्कनुभएका दुर्गानन्दलाई राजामाथि बम प्रहार गर्नेको साथमा के के होला भनेर खजुरी र महिनाथपुर स्टेसनमा प्रहरीले छुन सकेन । परवाहा रेल्वे स्टेसनमा मात्र उहाँंलाई जनकपुुरधामबाट एसपीको नेतृत्वमा पुगेको प्रहरीले आफ्नो घेरामा लिए । उहांँलाई त्यस राति जलेश्वर जेलमा राखेर भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौँ लगियो । सुन्धारास्थित केन्द्रीय कारागारमा राखियो ।
सरकारले विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसमा झपटसिंह रावल र गुणनाथ उपाध्याय पनि सदस्य हुनुहुन्थ्यो । आयोगले कुनै पूर्पक्ष नै नगरी २०१९ भदौ १९ मा दुर्गानन्द झाका साथै अरविन्दकुमार ठाकुुर र दलसिंह थापालाई मृत्युदण्ड दिने निर्णय गरेको थियो । जब कि तत्कालीन कानुनमा ब्राह्मणलाई मृत्युदण्ड नदिने व्यवस्था थियो ।
विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनै जनाद्वारा गरिएको अपिलमा २०१९ पुस ५ मा रत्नबहादुर विष्ट र मीनबहादुर थापाले अपिलकर्तालाई झिकाउने आदेश गरे पनि फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णयलाई मनासिव ठहराउँदै काटी मारिदिने निर्णय गरेको थियो । त्यसपछि नै दुर्गानन्द झालाई प्रचलित कानुनअनुसार गर्ने र अन्य दुई जना अरविन्दकुमार ठाकुर र दलसिंह थापाको मृत्युदण्डलाई जन्म कैदमा परिणत गरेको २०२० पुस १० को राजदरबारको पत्र सर्वोच्च अदालतमा पठाइएको थियो ।
नेपालको इतिहासमा १९९७ सालमा राज्यले शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ चन्दलाई मृत्युदण्ड दिएको २३ वर्षपछि दुर्गानन्द झालाई २०२० माघ १५ गतेको मध्यरात्रिमा सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी मृत्युदण्ड दिइएको थियो तर मृत्युदण्डका लागि आफ्नो गोलघरको गेटमा तयार बस्नुभएका दुर्गानन्दले आफ्ना साथी अरविन्दकुमार ठाकुरसमेतलाई तपाईंहरू चिन्ता नमान्नोस्, म लामो यात्रामा गए पनि अब लोकतन्त्रलाई कसैले रोक्न सक्दैन भन्नुभएको थियो । त्यसअघि नै गीता र रुमाल उहाँंले जेलरलाई दिएर सम्पूर्ण नेपाली जनतालाई श्रीकृष्णको कर्मवादतिर बढ्ने निर्देश गर्दै पे्रमको प्रतीक रुमाल दिएर जानुभएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सबल र सुदृढ बनाउन हरेक भाषा, धर्म र संस्कृतिको संरक्षण गर्दै सबैको रोजीरोटीको व्यवस्था हुन सक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संशोधन गराई देशमा कानुनी राज्यको निर्माण गर्नुपर्छ । अन्यथा शहीदका आत्माले सबैलाई सराप्नेछ ।