दिगो विकास लक्ष्य (सम्पादकीय)
गोरखापत्र अनलाइन
भाद्र १०, २०७८ बिहीबार
दिगो विकासका लक्ष्यको अवधि झण्डै आधा बितेको छ । विश्वव्यापी यी लक्ष्य प्राप्तितर्फ नेपालको हालसम्मको उपलब्धि मिश्रित खालको छ । समृद्ध समाज निर्माणका लागि अवसरका रूपमा आएको दिगो विकास लक्ष्य कार्यान्वयनका चुनौती पनि कम छैनन् ।
गरिबी, भोकमरी, आर्थिक असमानता, सामाजिक पछौटेपन, वातावरणीय प्रदूषण, प्राकृतिक विपत्, आतङ्कवाद, मानव अधिकारजस्ता समकालीन साझा समस्या समाधानका लागि एकताबद्ध प्रयास गर्न सहस्राब्दी विकास लक्ष्य...