वन्यजन्तु पर्यटन प्रवद्र्धन
गोरखापत्र अनलाइन
चैत्र ३०, २०७८ बुधबार
वन्यजन्तुअन्तर्गत घरपालुवाबाहेक जुनसुकै जातिको स्तनधारी जन्तु, पन्छी, घस्रिने जन्तु, माछा, भ्यागुता जाति र कीटपतङ्ग पर्छन् । जमिनमा बस्ने जीवजन्तुका आधारमा विश्वलाई आठ भूजैविक क्षेत्रमा विभाजन गरिएको छ र नेपालको भूभाग प्यालियार्टिक र इन्डो मलायन भूजैविक क्षेत्रको दोसाँधमा पर्छ । जीव विज्ञानको भाषामा इकोटोन भनिने यस्तो भू–भागमा दुवै क्षेत्रका जीवजन्तु पाइने हुँदा नेपाल ब्रिटिस साम्राज्यकालमै वन्यजन्तुका...