अक्सिजनको प्रबन्ध (सम्पादकीय)
गोरखापत्र अनलाइन
बैशाख ३१, २०७८ शुक्रबार
दोस्रो लहरको कोभिड–१९(कोराना) सङ्क्रमणको महामारीमा मुलुकभर मेडिकल अक्सिजनको अभावले बिरामीको उपचारमा गम्भीर समस्या देखिएपछि सरकारले अक्सिजनको उत्पादन, वितरण, आयातमा सक्रियता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार कम्तीमा एक सय बेड सञ्चालन गरिरहेका देशभरका अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दियो । यस दिशामा केही प्रगति भएका जानकारी पनि आएका छन् । विभिन्न व्यक्ति...