प्रदूषणले निम्त्याएको असर
गोरखापत्र अनलाइन
बैशाख ३०, २०७८ बिहीबार
गत चैतदेखि वैशाखको पहिलो सातासम्म काठमाडौँ उपत्यकाको वायुमण्डल एकनासले धुमिल बन्यो । यसले मानिसमा नाक, आँखा पोल्ने, टाउको दुख्ने आदि समस्या देखियो । श्वासप्रश्वासका समस्या भएका र अन्य दीर्घरोगीलाई उक्त वातावरणले झनै मुस्किल बनायो । उपत्यकाको वायुको सूचकाङ्क (एक्यूआई) पटक–पटक ४७० तथा सोभन्दा माथि पुग्यो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार एक्यूआई ३०० नाघेपछि मानिसका लागि ‘घातक’ हुन्छ । उपत्यकावासी यही...