निजी क्षेत्र र आर्थिक गतिशीलता
गोरखापत्र अनलाइन
चैत्र २७, २०७७ शुक्रबार
आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने ध्येयले वस्तु तथा सेवाको उत्पादन र वितरण गर्ने सरकारबाहिरको सशक्त संवाहक हो– निजी क्षेत्र । निजी क्षेत्रलाई बजार क्षेत्र पनि भनिन्छ । तसर्थ, व्यक्तिविशेषको हितसँग जोडिएको क्षेत्र नै निजी हो– जसमा व्यक्ति, निजी सङ्घ संस्था, कम्पनी आदि समेटिन्छन् । निजी क्षेत्रलाई सशक्त आर्थिक शक्तिको मेरुदण्डका रूपमा लिने गरिन्छ ।
आर्थिक क्षेत्रलाई गतिशील बनाई नियमित÷आकस्मिक सेवा प्रवाह गर्ने...