प्रतिरक्षा प्रणाली नै निर्विकल्प
गोरखापत्र अनलाइन ,
श्रावण २३, २०७७ शुक्रबार
विश्वलाई कोरोनाले खर्लप्पै ढाकेको छ अहिले । सुरुमै जुन–जुन देशमा यसले बेस्सरी प्रभाव पारेको थियो, ती देशमा शान्त हुँदै गएको छ तर सावधान नहुने देशमा अझ दोहो¥याइ–तेह¥याइ आइरहेछ । इटाली, फ्रान्स, बेलायतजस्ता देशहरूमा अहिले शिथिल हुँदै गएको छ । हाम्रो छिमेकी भारतमा बन्दाबन्दी अवधिभित्र निकै सुस्त गतिमा रहेको सङ्क्रमण दर बन्दाबन्दी खुलेपछि ह्वात्तै बढ्न थालेको छ । एकै दिन त्यहाँ ५० हजारको सङ्ख्यामा सङ्क्रमित थपिइरहेको...