समानुपातिक बनाउन नसक्ने विधेयक
गोरखापत्र अनलाइन ,
श्रावण २१, २०७७ बुधबार
कर्मचारी प्रशासन राज्यको स्थायी सरकार हो । जनप्रतिनिधिभन्दा कर्मचारी लामो अवधि सेवामा रहने हुँदा स्थायी सरकारको मान्यता पाएको छ । कर्मचारी प्रशासन राज्यको ऐना हो, समाज जस्तो छ त्यस्तै प्रतिविम्बित हुन्छ । यस स्थायी संरचनामा रहेर सेवा गर्ने इच्छा हुनु स्वाभाविकै र यस्तो महŒवपूर्ण संरचनामा दलितको सहभागिता खोज्नु नागरिकको दायित्व हो ।