गल्तीमा क्षतिपूर्ति (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
श्रावण २१, २०७७ बुधबार
कुनै एक व्यक्ति वा निकायको गल्तीले अर्को पक्षले नोक्सानी बेहोर्नुपर्ने तर गल्ती गर्ने पक्षले उन्मुक्ति पाउने घटना नेपालको सन्दर्भमा नयाँ र आश्चर्यजनक होइनन् । सडकका ढलको मङ्गालको बिर्को (ढकनी) नलगाउँदा त्यसमा बच्चा फसेर बगे । मङ्गालमा बिर्को लगाउनुपर्ने दायित्व कुनै न कुनै निकाय वा व्यक्तिको हुन्छ । नागरिकहरूले सरकारका ती निकायलाई विभिन्न शीर्षकमा कर÷राजस्व तिरेका हुन्छन् । त्यस्तो कर सुरक्षित जीवनका लागि...