बीमाप्रतिको विश्वास र विस्तार (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
श्रावण १९, २०७७ सोमबार
आधुनिक अर्थशास्त्रमा बीमाले ठूलो महŒव राख्छ । बीमा मूलतः आर्थिक जोखिम हस्तान्तरण वा कम गर्ने उपाय हो । मानिस स्वयं र उसले सञ्चालन गरेका उद्यम सधैँ जोखिममा रहन्छन् । व्यवसायका सन्दर्भमा ‘नो रिस्क नो प्रोफिट’ अर्थात् जोखिम बिना नाफा सम्भव छैन भनिन्छ । जीवन, ठूलाठूला लगानी, सम्पत्ति, मेसिनरी आदिको जोखिम लिएर कुनै पनि व्यवसाय सम्भव नहुने भएकाले व्यवसाय सुरक्षण र मानवको जीवनका आर्थिक जोखिम हस्तान्तरण गर्न बीमा गर्ने...