बढी शुल्कको समाधान (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
कार्तिक २७, २०७६ बुधबार
पटकपटकको आग्रह तथा निर्देशन अटेर गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजका सञ्चालकलाई ठगीको कसुरमा मुद्दा चलाउने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।