पोखरा–जोमसोम हवाइ रुटमा दैनिक चार उडानः मुस्ताङका पर्यटन व्यवसायी उत्साही
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७७ मंगलवार
हिमालपारिको जिल्ला मुस्ताङमा ११ महिनापछि हवाइ मार्गमार्फत पर्यटक आउन थालेपछि मुस्ताङीहरु उत्साहित भएका छन् । पर्यटन व्यवसायकै माध्यमबाट चल्ने मुस्ताङमा गत चैत ११ देखि पूर्ण रुपमा हवाइ यातायात बन्द भएपछि पर्यटन व्यवसाय संकटमा परेकोमा फागुन २२ गते बाट हवाइ मार्ग सुचारु भए पछि व्यवसायीहरु खुशी भएका छन् ।
जोमसोम विमानस्थल प्रमुख दिपक विकका अनुसार अहिले भारतीय पर्यटकहरुको आगमन नै धेरै रहेको छ । तेश्रो मुलुकका पर्यटकहरु...