जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते, तीन गम्भीर (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
कार्तिक १४, २०७७ शुक्रबार
हिमाली जिल्ला म्याग्दीको गलेश्वर बेनी सडक खण्डमा ध१ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित ११ जना घाइते भएका छन् ।
जिल्लाको रघुगंगा गाउँपालिका–६ ठाडाखानीबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको जीप बेनी नगरपालिका–८ र ९ को सीमानामा दुर्घटना हुँदा अन्नपुर्ण गाउँपालिका–२ भूरुङ तातोपानीकी १० वर्षिय रिया बि.क.को मृत्यु भएको छ । वि.क.को बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालका...