logo
२०८१ बैशाख ७ शुक्रवार

  काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन  



काँग्रेस केन्द्रीय सदस्यमा २३९३ मतगणना हुँदा कसको मत कति ? (सूचीसहित)

राजनीति |


काँग्रेस केन्द्रीय सदस्यमा २३९३ मतगणना हुँदा कसको मत कति ? (सूचीसहित)


काठमाडौं, पुस ४ गते । नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आइतबार रातीसम्म केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका लागि २३ सय ९३ मतगणना भएको छ ।

२३९३ मत गन्दा शशांक कोइरालाले १९७१, एनपी साउदे १५५८, उदयशम्शेर राणाले १४४५, अर्जुननरसिंह केसीले १३८३, बालकृष्ण खाणले १५०७, रमेश लेखकले १४५१, र रामहरि खतिवडाले १३९५ मत प्राप्त गर्नुभएको छ ।

केन्द्रीय सदस्य खुलातर्फ ९९ जनाको प्रतिस्पर्धा रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकीको मतगणना आइतबार बिहान ९ बजेदेखि सुरु हुने समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?