logo
२०८१ जेष्ठ ५ शनिवार



काँग्रेस महाधिवेशनः अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा सुनुवार विजयी

राजनीति |


काँग्रेस महाधिवेशनः अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा सुनुवार विजयी



काठमाडौँ, पुस ५ गते । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य पदमा प्रदीपकुमार सुनुवार निर्वाचित हुनु भएको छ । केन्द्रीय निर्वाचन समितिले सोमबार साँझ घोषणा गरेको निर्वाचन परिणामअनुसार ओखलढुङ्गाका पूर्वजिल्ला सभापति सुनुवार निर्वाचित हुनु भएको हो ।

सुनुवारले २ हजार १७१ मत प्राप्त गर्नु भएको छ । सोही पदका उम्मेदवार टीकाराम सुब्बा लेप्चाले १ हजार २६ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी, हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा ९मारवाडी० ले ५३६ र प्रेमबहादुर छन्त्याल २२० मत प्राप्त गर्नु भएको छ ।मङ्सिर २७ गते सम्पन्न काँग्रेसको निर्वाचनमा खसेको ४ हजार ६३५ मतमध्ये ९० मत बदर भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?