logo
२०८१ जेष्ठ ५ शनिवार



गण्डकीबाट वाग्ले, पोखरेल र तिवारी निर्वाचित

राजनीति |


गण्डकीबाट वाग्ले, पोखरेल र तिवारी निर्वाचित


काठमाडौँ, पुस ७ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशबाट खुला र महिलातर्फको अन्तिम मतपरिणाम घोषणा भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार खुलातर्फ केन्द्रीय सदस्य पदमा ध्रुव वाग्ले र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल निर्वाचित हुनु भएको छ ।
वाग्लेले दुई हजार ७२० र पोखरेलले दुई हजार ३०६ मत प्राप्त गर्नुभएको छ । सोही पदका प्रतिस्पर्धी सोभियतबहादुर अधिकारीले दुई हजार २७ र रेशमबहादुर बानियाँले एक हजार ९३१ मत प्राप्त गर्नुभयो ।
मङ्सिर २७ गते सम्पन्न निर्वाचनमा खसेको चार हजार ६६३ मतमध्ये १७ मत बदर भएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशबाट महिलातर्फ केन्द्रीय सदस्यमा सरस्वती अर्याल तिवारी निर्वाचित हुनु भएको छ । उहाँले दुई हजार ५९३ मत प्राप्त गर्नुभयो । एक पदमा भएको निर्वाचनमा विष्णुदेवी पाण्डेले एक हजार ९१८ मत प्राप्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?