इली थामीको पेटमा गोली लाग्यो घिसार्दै लगेर पुरियो
सपना थामी
माघ १, २०७८ शनिबार
देशको राजनीतिक परिवर्तनको इतिहासमा माघ १ सँगै सधैं स्मरणीय छ, ‘पिस्कर काण्ड’ । देशैभरमा विशेषगरी थारु समुदायले माघी, पहाडी भेगमा माघे संक्रान्ति, मकर संक्रान्ति लगायत विभिन्न नामले आजको दिन विशेष पर्वको रुपमा मनाइन्छ । वि.सं. २०४० मा तात्कालीन पञ्चायती निरंकुश शासन व्यवस्थाविरुद्ध भूमिगत रुपमा नेकपा (माले) ले विद्रोह गरिरहेको थियो ।